16 Jestha, 2072 |
Menu

विश्व

न्यायाधीशलाई सपथ खुवाउन मोर्सीलाई सैनिक घेरावन्दी

(0 votes)
न्यायाधीशलाई सपथ खुवाउन मोर्सीलाई सैनिक घेरावन्दी
कायरो - संवैधानिक अदालतका प्रधान न्यायाधीश अदलिद मन्सुरलाई सपथ खुवाउनुअघि सैनिक कूको सिकार भएका इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सी र गत वर्ष चुनाव जितेका नेताहरु सैनिक नियन्त्रणमा परेका छन्। उनीहरुलाई नजरवन्दमा राखी न्यायाधीशलाई सत्ताको सपथ खुवाइने तयारी भएको हो

संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विश्‍वका शक्तिशाली मुलुकहरुले सैनिक कूको विरोध गरेका छैनन्। सैनिक कू लगत्तै सडकमा भएको दोहोरो भिडन्तमा परी १४ जनाले ज्यान गुमाएका छन्। आज बिहान राष्ट्रिय टेलिभिजनबाट सैनिक कूको घोषणा भएको थियो। राष्ट्रपति मोर्सी समर्थक र विरोधीबीच झडप भएको थियो। मोर्सीप्रति सद्भाव राख्ने टेलिभिजन च्यानलाई 'अन एयर' हुन दिइएको छैन। मोर्सीले भने सम्भावित हिंसा नहोस् भन्ने अभिव्यक्ति दिएको न्युज एजेन्सीहरुले जनाएका छन्।

मोर्सीको सत्ताविरुद्ध चर्को आन्दोलन हुन थालेपछि सेनाले साथ दिएको हो। अन्तर्राष्ट्रिय क्षेत्रले पनि उनको सत्तालाई साथ दिएन। सेनाले त्यहाँको संविधान निलम्बित भएको घोषणा गरिसकेको छ। अव नयाँ टेक्नोक्रेटिक अन्तरिम सरकार गठन हुने र त्यसले संविधान संशोधन गर्दै  नयाँ संसदीय र राष्ट्रपतीय निर्वाचन गर्ने जनाएको छ।
सरकार नियन्त्रित पत्रिकाले जनाएअनुसार ३ सय ब्रदरहुड सदस्यलाई गिरफ्तारी पत्र जारी गरिएको छ।
 
राष्ट्रसंघीय महासचिव वान कि मुनले छिटै नागरिक अधिकार र प्रजातन्त्र कायम हुनुपर्ने बताएका छन्। तर उनले सेनाको कूको निन्दा गरेका छैनन्। यहाँको सेनाले यो वर्षमात्र १.३ अर्ब अमेरिकी डलर सहयोगका रुपमा पाएको छ। अमेरिकी राष्ट्रपति बाराक ओवामाले पनि प्रजातान्त्रिक व्यवस्था छिटो पुनर्स्थापनामा जोड दिएका छन्। कूको विरोध गरेका छैनन्।
मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...