Monday 8 Baishak, 2071 |
Menu

विश्व

इजिप्टका राष्ट्रपति मुर्सी अपदस्थ

  • बिहीबार २० असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
इजिप्टका राष्ट्रपति मुर्सी अपदस्थ
कायरो - इजिप्टका राष्ट्रपति मोहोम्मद मुर्सीलाई त्यहाँको आर्मीले अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएको छ। साथै उनलाई नजरबन्द समेत गरिएको छ। हप्तौदेखि उनी समर्थित कार्यकर्ता र विपक्षीबीचको झडप र विपक्षीको व्यापक जनप्रदर्शनपछि आर्मीले यो कदम चालेको हो। उक्त झडपमा ५० भन्द बढीको ज्यान गएको थियो।

उनलाई अपदस्त गरिएको इजिप्टका सेना प्रमुख अब्देल फताह अल सिसिले आज बिहान सरकारी टेलिभिजन मार्फत घोषणा गरेका हुन् । 

इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपतिको पार्टी मुश्लिम ब्रदरहुडका अन्य तीन सय पदाधिकारी विरुद्ध पनि आर्मीले पक्राउ आदेश जारी गरेको छ। 
इजिप्टमा केही दिनयता राष्ट्रपति मुर्सीको राजिनामा माग्दै लाखौं सर्वसाधारण व्यापक विरोध प्रदर्शनमा उत्रेका थिए। इजिप्टका विपक्षी समूहले राष्ट्रपति मुर्सीलाई राजीनामा दिनका लागि सोमबार ४८ घन्टा समयसीमा दिएका दिए। विपक्षीले राष्ट्रपतिले राजिनामा नदिए देशव्यापी हुने नागरिक अवज्ञा आन्दोलन सामना गर्नुपर्ने चेतावनी दिएका थिए। 

उनीहरुले तोकिएको समयमा उनले राजिनामा दिएर नयाँ निर्वाचनको मिति घोषणा नगर्ने हो भने मंगलबार साँझदेखि नागरिक अवज्ञा अभियान सुरु हुने चेतावनी दिएका हुन्। इजिप्टको इतिहासमा पहिलोपल्ट भएको प्रजातान्त्रिक निर्वाचनबाट मुर्सी राष्ट्रपति बनेका थिए। साथै मुर्सीले इजिप्टेली सेनालाई चेतावनी फिर्ता लिन आग्रह गरेका थिए।

तर मोर्सीले भने आफू पदबाट हट्ने कुनै योजना नभएको बताउँदै इजिप्टमा आन्दोलनरत विपक्षी र आफ्ना केही समर्थकले समेत राजिनामाको माग गरेका बेला आफूले सत्ता छोडे इजिप्टमा थप संवैधानिक संकट आउने भन्दै राजीनामा नदिने अडानमा थिए। उनले आफू संविधान सभाबाट निर्वाचित राष्ट्रपति भएको र आन्दोलनका कारण राजिनामा दिए इजिप्टमा संवैधानिक संकट अझै बढ्ने बताएका थिए।

विपक्षीले राष्ट्रपतिप्रति समर्थन छैन भनी दुई करोड २० लाख हस्ताक्षर संकलन राष्ट्रपतिलाई बुझाएका थिए । बुधबार समेत कायरोस्थित मुस्लिम ब्रदरहुडको मुख्यालयबाहिर राष्ट्रपति मुर्सी समर्थक र विरोधीबीच भिडन्त भएको छ। 

यसैगरी मोर्सा र अलेक्जान्ड्रा सहरमा हिजो सुरक्षाकर्मीसँग भएको झडपमा मुर्सी समर्थित ७ जना कार्यकर्ताको मृत्यु भएको थियो । 

एएफपीलाई उनकै ब्रदरहुड पार्टीका वरिष्ठ नेताले दिएको जानकारी अनुसार बर्खास्तपछि मुर्सीलाई सैनिक भवनमा नजरबन्दमा राखिएको छ ।

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...