Friday 12 Mangshir, 2071 |
Menu

विश्व

सुगर उपचारमा नयाँ बिधि पत्ता लाग्यो

  • सोमबार १७ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
सुगर उपचारमा नयाँ बिधि पत्ता लाग्यो
लण्डन– सुगरबाट हैरान हुनुहुन्छ? यसलाई नियन्त्रण गर्ने वैज्ञानिकहरुको खोजले नयाँ कुरा पत्ता लाएको छ। भर्खरै गरिएको एउटा अनुसन्धान अनुसार 'टाइप वान' सुगर शरीरको प्रतिरोधात्मक क्षमताले नै निको पार्न सम्भव हुने देखिएको छ। सुगरले रगतमा भएको सुगरको मात्रा नियन्त्रित गर्नको लागि चाहिने हर्मन इन्सुलिन बनाउने कोशिका नस्ट गरिदिन्छ।
साइन्स ट्रान्सनेशनल मेडिसिन जर्नलमा प्रकाशित ताजा शोधले बिरामीको प्रतिरोध क्षमतालाई नियन्त्रणमा राखी यस प्रकारको भ्याक्सिन विकास गर्न सकिने जनाएको हो। ८० विरामीमाथि गरिएको अनुसन्धानले सुगर नियन्त्रणको क्षेत्रमा भएको महत्वपूर्ण उपलव्धिको रुपमा लिइएको छ।

स्ट्यानफोर्ड विश्वविद्यालयको मेडिकल सेन्टरमा यसको परिक्षण गरिएको थियो। सुगरको प्रारम्भिक अवस्थामा पेन्क्रियाज कोशिका नष्ट हुन्छन्। यस कारण विरामीको शरिरले प्रयाप्त मात्रामा इंसुलिन हर्मोन बनाउन सक्दैन। फलस्वरुप सुगर रोगीले जीवित रहनको लागि जीवनभर इन्सुलिन इन्जेक्सन नियमित लिनु पर्ने हुन्छ।

यो शोधमा सहभागी बिरामीको रगत परीक्षणपछि भ्याक्सिन लिने बिरामीको शरीरका कोशिकाले इन्सुलिनको इन्जेक्सन लिने बिरामीको तुलनामा धेरै गुणा काम गरेको पत्ता लागेको थियो। भ्याक्सीन लिने विरामीको पछिको प्रतिरोध क्षमता पहिलाको जस्तै रहेको थियो।

यो सोध अहिले सुरुवाती दौडमा नै छ। यसको दुरगामी परिणाम बारे थाहा पाउनको लागि अन्य विरामीमा पनि यसको परिक्षण गर्न जरुरी हुन्छ।
‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।