16 Falgun, 2071 |
Menu

विश्व

HUB

पुरुष रेल चालक स्कर्ट लाउन थाले

  • आइतबार २६ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
पुरुष रेल चालक स्कर्ट लाउन थाले
स्टकहोम – स्वीडेनमा रेलका पुरुष ड्राइभरले स्कर्ट लगाउन थालेका छन्। सट्स (हाफप्यान्ट) लगाउन प्रतिबन्ध लगाइएपछि गर्मीबाट बच्न उनीहरुले स्कर्ट लाउने जुक्ति निकालेका हुन्। राजधानी स्टकहोमदेखि उत्तरतर्फको रोसलाग्सबनान रुटमा काम गर्ने रेल ड्राइभरले पछिल्लो दुई सातादिख स्कर्ट लाएर काम गरिरहेका छन्।
गत जनवरीमा यो क्षेत्रको रेल लाइन लिएपछि अरिवा रेल कम्पनीले रेल चालकलाई सट्स लाउन प्रतिबन्ध लगाएको हो। सट्सलाई प्रतिबन्ध लगाए पनि अरिवाले स्कर्ट लाउन छुट दिएको छ। 'हामीलाई लाग्छ अरिवाको प्रतिनिधित्व गर्ने कर्मचारीहरु शालिन र भलाद्‌मी देखिउन। यदि पुरुष कर्मचारी पनि स्कर्ट लगाउन चाहन्छन् भने ठिकै छ', अरिवाका सूचना प्रबन्धक थोमस हेडेनियसले भने।

कम्पनीले चिसो मौसममा नयाँ 'ड्रेस कोड' ल्याएपछि साथीहरुले स्कर्टको लाउने जुक्ति निकालेको रेल चालक मार्टिन एकेर्स्टनले बताए। 'गर्मीमा हामी सट्स लाउन मन पराउँछौं', डेली मेल पत्रिकासँग उनले भने- 'तर कम्पनीले त्यसलाई रोक्ने हो स्कर्ट हाम्रा लागि आरामदायी हुन्छ भन्ने कुरा गर्यौंम।' कम्पनीका अनुसार गर्मी मौसममा मात्र उनीहरुलाई स्कर्ट लाउन अनुमति हुनेछ जाडोमा उनीहरुले प्यान्ट लगाउनुपर्नेछ।

स्कर्ट लाएका पुरुष चालकलाई देख्ने यात्रुहरु फर्की फर्की हेर्ने गरेका छन्। 'अब यो आरामको कुरा हो भने यसमा नलाउनु पर्ने के छ र?', मार्टिन भन्छन्।
बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...