Sunday 7 Baishak, 2071 |
Menu

विश्व

१३ औं महारानी बन्न अस्वीकार गर्ने युवतीले वेलायतमा शरण मागिन्

(0 votes)
१३ औं महारानी बन्न अस्वीकार गर्ने युवतीले वेलायतमा शरण मागिन्
लण्डन— स्वाजिल्याण्डका महाराज महस्वाती तेस्रोकी १३ औं रानी बन्न अस्वीकार गर्ने एक युवतीले वेलायतमा शरण मागेकी छिन्। तिनत्सवलो नगोबेनी नामकी ती युवतीलाइ राजाले बिहे गर्ने इच्छा राखेको थाहा पाएपछि १५ वर्षको उमेरमा देश छाडेर वेलायत छिरेकी थिइन्। लण्डनको बक्किङ्घममा बस्दै आएकी उनी अहिले २२ वर्षकी भएकी छिन्।

स्कूल पढिरहेका बेला राजाले आफूमाथि गिद्देदृष्टि राखेको बुझेपछि उनी देश छाडेर वेलायत छिरेकी थिइन्। 'राजाको आदेश अस्वीकार गर्ने हिम्मत कसैको हुँदैन', वेलायती पत्रिका डेलीमेलसँग उनले भनेकी छन्- 'भाग्नुको विकल्पै थिएन।' राजाका श्रीमतीहरुलाई राजमहलमा सुरक्षा घेरामा राखिने गरेको र अनुमति बिना उनीहरु कतै जान नपाउने खुलासा उनले गरिन्।

१२ जना श्रीमती भित्र्याइसकेका ४५ वर्षे राजाले उनीहरूलाइ वर्षको एक पटक पैसा दिएर किनमेल गर्न अमेरिका पठाउने गरेका छन्। स्वाजी महाराजा महस्वातीले हरेक वर्ष एउटी युवतीसँग बिहे गर्छन्। उनका पिता सोबुजाका १ सय २५ श्रीमती भित्र्याएका थिए।

'उसले मलाई सोधेको थियो के तिमी राजपरिवार सदस्य बन्न चाहन्छौ? तर म उसँग विहे गर्न मैले चाहिनँ', उनले भनिन्।

स्वजिल्याण्डमा राजाको विरुद्धमा कुनै पनि क्रियाकलाप गर्न निषेध छ। वेलायतमा बसिरहेकी नगोबेनीले अहिले दमनकारी स्वाजी शासनविरुद्ध आवाज बुलन्द पारिरहेकी छन्। उनको संगठन स्वाजी भिजिलले लण्डनस्थित स्वाजी दूताबास बाहिर धेरै पटक प्रदर्शन गरिसकेको छ। तर यस्तो प्रदर्शनले माथि खतरा बढेको अनुभव नागोबेनीको छ।

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...