Friday 5 Baishak, 2071 |
Menu

विश्व

जँड्याहा सांसदद्वारा राजिनामा

(0 votes)

वेलिङटन– न्युजिल्यान्डमा सत्तारुढ पार्टीका एक सांसदले रक्सीको मातमा 'वेटर'लाई दुर्व्यवहार गरेको आरोप लागेपछि राजिनामा दिएका छन्। प्रधानमन्त्री जोन कीले सोमबार ती नेताको राजिनामाको स्वागत गरेका छन्।


जाँड खाएर दुर्व्यवहार गरेको आरोप लागेका नेसनल पार्टीका सांसद एरोन गिलमोरले आइतबार राती सांसद पदबाट राजिनामाको घोषणा गरे। गत महिना उनले साउथ आइल्यान्डको एउटा रेस्टुराँमा खाना खाँदा झल्लु हुने गरी रक्सी खाएका थिए। 'म पनि मानिस नै हुँ। त्यसैले मैले गल्ती गरें।', गिलमोरले पत्रकारसँग भने। उनले आफ्नो निष्ठामाथि आक्रमण भएको र आफू वरिपरिका बसेकामाथि समेत चोट परेको बताए।

गिलमोरसँगै भोजन गरेका वकिल एन्ड्र्यु रिचेजका अनुसार गिलमोरले रक्सी थप्न नमान्ने वेटरसँग विवाद गरेको र अपशब्द बोलेका थिए। विवादका क्रममा गिलमोरले प्रधानमन्त्रीलाई भनेर वेटरको जागिर खाइदिने धम्कीसमेत दिएका थिए। एन्ड्र्युले गिलमोरको व्यवहारका लागि लागि रेस्टुराँसँग माफी माग्नुपरेको थियो। गिलमोरले रिचेजका आरोप अस्वीकार गरे पनि आफू रक्सीको मातमा झल्लु भएको र वेटरसँग उग्र रुखो व्यवहार गरेको स्वीकारेका छन्।

दुर्व्यवहारको आरोपमा विवाद सुरु भएपछि गिलमोरले राजिनामा दिन नमानेका उनले प्रधानमन्त्रीको समर्थन नपाएपछि राजिनामा दिएका हुन्। प्रधानमन्त्री कीले गिलमोरको व्यवहार अनुचित भएको पार्टीको धारणा रहेको बताए। प्रधानमन्त्रीको भनाईमा गिलमोरले राजिनामा दिएर सरकार र पार्टीका लागि सही काम गरेको बताए। गिलमोरलाई नेसनल पार्टीका अर्का सदस्यले प्रतिस्थापन गर्ने र गिलमोर काण्डले गठबन्धन सरकारमा कुनै प्रभाव नपर्ने सरकारले बताएको छ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...