Wednesday 13 Shrawn, 2072 |
Menu

विश्व

ist-cc

सिरियामा कसले गर्‍यो रासायनिक हतियारको प्रयोग?

(0 votes)
सीरिया- सीरियामा रासायनिक हतियारको प्रयोग कसले गरेको हो भन्ने बारे फरक फरक प्रतिक्रिया आएका छन्। स्वास्थ्यसम्वन्धी एक संस्था मेडसा सा फ्रन्टिएले सिरियामा करिब ३६०० मानिसले स्नायुतन्त्रलाई असर गर्ने बिसालु ग्यासविरुद्धमा उपचार गराइरहेको र त्यस मध्ये ३५५ मानिसको मृत्यु भएको बताएको छ।विद्रोही पक्षले २१ अगस्टमा दमास्कसको एक क्षेत्रमा सरकारले विशाक्त ग्यासको प्रयोग गरेर रासायनिक हमला गरेको आरोप लगाएको छ। तर सरकारले भने रासायनीक हतियारको प्रयोग विद्रोही पक्षबाट भएको दाबी गर्दै आएको छ।


अमेरिकाका राष्ट्रपति बाराक ओबामाका सुरक्षा सल्लाहकारले सिरिया सरकारले रासायनिक हतियारको सम्भावित प्रयोगबारे विस्तृत ब्यहोरा ह्वाइटहाउसमा दिएपछि यसले अरु महत्व पाएको हो। योसँग जोडिएका सुबुतहरु जुटाउने प्रयासहरु भने जारी रहेको उनीहरुले बताएका छन्। ओबामाले बेलायती प्रधानमन्त्री डेविड क्यामरुनसँग पनि यो विषयमा छलफल गरेका छन्। बेलायती प्रधानमन्त्री कार्यलयले पनि सीरिया सरकारले आफ्ना जनताविरुद्धमा रासायनिक हतियारको प्रयोग गरेको संकेत प्राप्त भएको बताएको छ। उसले सिरियाका राष्ट्रपती बशर अल असद संयुक्त राष्ट्र संघका जाँचकर्तालाई सहयोग गर्न समेत असफल भएको बताएको छ।

तर रुस र इरानले भने विद्रोहीहरुले रासायनिक हतियारको प्रयोग गरिरहेको बताएका छन्। उनीहरुले रासायनीक हमला विद्रोहीले गरेको भन्ने प्रमाणहरु भेट्टाएको दाबी गरेका छन्। तर फ्रान्सले यो घटनामा बशस अल असदको सेना जिम्मेवार भएको बताएको छ। बेलायतले पनि यो सरकारी सेनाले गरेको कारवाही भएको बताएको छ। सिरियाको सरकारले यस प्रकारको हमला सरकारी तवरबाट हुन नसक्ने बताएको छ। एक सरकारी प्रवक्ताले यो हमला विद्रोहीले गरेको बताए। सिरियामा जारी दंगामा लाखौं मानिसहरु घरबारविहीन भएका छन् भने पछिल्दा दुई वर्षदेखि चलेको बिद्रोहमा एक लाख भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...