6 Baishak, 2071 |
Menu

विश्व

चिनियाँ नेता बो आज पनि अदालतमै

  • शुक्रबार ७ भाद्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
बेइजिङ- चिनीया कम्युनिष्ट पार्टीका नेता बो सिलाईविरुद्ध घुस, भ्रष्टाचार र सत्ताको दुरुपयोगको आरोपमा आज पनि अदालतमा सुनुवाइ जारी छ। 'मलाई विश्वास छ कि तपाइँले यो मामिलामा देशको कानुनअनुसार न्यायपूर्ण र इमानदार तरिकाबाट फैसला गर्नु हुनेछ', न्यायाधीशसँग उनले भने।
बोको भनाईको जवाफमा न्यायाधीशले 'हामी तपाईको इच्छा जान्दछौं, अदालत स्वतन्त्ररुपमा काम गर्छ र देशका कानुन अनुसार न्यायिक प्रक्रिया पालन गर्दछ' भनेका थिए।

अदालतमा बयान दिँदै बोले ब्यवसायीहरुसँग घुस लिएको आरोप अस्विकार गरेका थिए। उनले अदालतमा आफूलाई अपराध स्वीकार गर्न बाध्य पारिएको पनि बताए। शेनडाग प्रान्तको जिनान शहरमा बोको विरुद्धमा चलिरहेको यो मुद्दामा विदेशी संञ्चार माध्यमहरुलाई प्रवेश दिइएको छैन। बो चिनियाँ कम्युनिष्ट पार्टीको उदयमान नेता मानिन्थ्यो। ६४ बर्षीय बो पार्टीका चोङकीङ इकाइ प्रमुख थिए।

बो की पत्नी गू काईलाइ बेलायती ब्यवसायीको हत्या अभियोगमा यसअघि अदालतले दण्डित गरेको थियो।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...