Thursday 14 Jestha, 2072 |
Menu

विश्व

महँगिएपछि प्याजमाथि नै डाँका लाग्यो

(0 votes)
महँगिएपछि प्याजमाथि नै डाँका लाग्यो
जयपुर - प्याजको भाउ बढ्दा सर्वसाधारण प्रभावित हुनु ठूलो कुरा होयन तर यसको असर लुटेराहरुमा पनि पर्दो रहेछ। तीन हतियारधारी लुटेराले आफ्नो प्राथमिकता फेर्दै प्याज लिएर आएको गाडी नै अपहरण गरेको टाइम्सअफ इन्डियाले जनाएको छ।

जयपुर-दिल्ली हाइवेको शिवपुरी गाउँमा लुटेराले प्याजवाला गाडी नै लुटे। प्याजको खुद्रा मूल्य अहिले ६५ देखि ७५ भारु प्रतिकिलो पर्छ। अनौठो रुपको यो घटना गत आइतबार रातिको हो। १० बजे लुटेराले ट्रक चालक मिन्टु र उसको सहयोगी रिङ्कुले ल्याएको ४० टन प्याज लुटेका हुन।
'तीन अज्ञात हतियारधारीले टाटाको ९०७ नम्बरको गाडी रोकेर उनीहरुलाई गाडी किन ठोक्कइस भन्दै झगडा गरेका रहेछन्। दुबैलाई गाडीबाट निकालेर क्षतिपूर्तिका लागि उनीहरुले भनेका रहेछन् ,' शिवपरी प्रहरी चौकीका एक अधिकृतले भने।
जव दुबै गाडीबाट बाहिरिए, उनीहरुले ट्रक नै चलाएर हिँडे।  त्यसपछि चालकसहित दुबै जना प्रहरी चौकी पुगेका थिए।
'हामीले १०.३० बजे वायरलेस म्यासेज पाइसकेका थियौं। दुई घन्टाको मेहनतपछि हामीले ट्रक रहेको स्थान पत्ता लगायौं,' सहपुरका स्टेसन हाउस अफिसर रत्‍न लालले बताए। प्रहरीले घटनालाई लुटपाट भएको बताएको छ। सोमबार बिहान ६.३० बजेमात्र ट्रक उक्त स्थानबाट ल्याइएको थियो। सोमबार साँझ नै अदालती प्रकृया पूरा गरी ट्रक चालकलाई हस्तान्तरण गरिएको छ।
‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...