Friday 13 Chaitra, 2071 |
Menu

विश्व

HUB

गोर्खाल्याण्ड आन्दोलन : मोर्चाका दुई सय ५० नेता पक्राउ

  • बुधबार ५ भाद्र, २०७०
  • बेनुपराज भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
इलाम -  आन्ध्रप्रदशेबाट तेलङ्गनालाई छुट्टै राज्यको मान्यता दिइएपछि दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनक्रममा गोर्खा जनमुक्ति मोर्चासम्बद्ध दुई सय ५० हाराहारी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
पश्चिम बंगाल प्रहरीले विभिन्न मुद्दा लगाउँदै तीन सातादेखि मोर्चाका नेता र कार्यकर्तालाई पक्राउ गर्नेक्रम जारी राखेको छ। प्रहरीले एकै दिनमा दुई दर्जनसम्म आन्दोलनकारी पक्राउ गरेको छ।    
आफ्नो आन्दोलन 'गान्धीवादी शैलीको शान्तिपूर्ण' रहेको मोर्चाले दावी गर्दै आएपनि बंगाल सरकारले राष्ट्रिय राजमार्ग अवरोध, सरकारी कार्यालय घेराउ, कालो झण्डा प्रदर्शन आदि आरोपमा आन्दोलनकारीलाई पक्रनेक्रम जारी राखेको हो। स्रोतले जनाएअनुसार, मोर्चाका नेता तथा कार्यकर्ताविरुद्ध बंगाल प्रहरीसँग तीनसय ८२ मुद्दा दर्ता भएका छन्। पक्राउ परेका आन्दोलनकारी जेल र हिरासतमा छन्।  
 बन्दका बेला कार्यालय नजाने कर्मचारीको तलब काटिने र कानुनी कारवाही हुने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चेतावनी दिएलगत्तै कालेम्पोङबाट जनमुक्ति कर्मचारी संगठनका अध्यक्ष खड्गविक्रम सुब्बा मंगलबार पक्राउ परेका छन्। कर्मचारीलाई काममा जान रोकेको र मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा जुलुसमा सहभागी हुन गइरहेका बेला पक्राउ परेका सुब्बा प्रहरी हिरासतमा छन्।
सात बर्षदेखि ब्युँतिएको गोर्खाल्याण्ड आन्दोलनक्रममा उच्छृंखल गतिविधि गरेको, तोडफोड मच्चाएको र जनता भड्काएको जस्ता आरोपमा पनि थुप्रै नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्। मोर्चाका प्रचार प्रसार सचिव विनय तामाङका अनुसार, गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन (जिटिए) का मात्रै आधा दर्जन सभासद पक्राउ परिसकेका छन्। उनीहरु प्रहरी नियन्त्रणमा परेपछि आन्दोलन प्रभावित भएको छ।
पक्राउ पर्ने जिटिए सभासदहरुमा कल्याण देवान, प्रभा क्षेत्री, अनित थापा, निमा तामाङ, महेन्द्र प्रधान र योगेन्द्र राई छन्। 'प्रहरीले सभासदहरुलाई आइपिसि धारा १४३ अन्तर्गत पक्राउ गरेको भन्दै जेल र हिरासतमा राखेको छ' सचिव तामाङले भने, 'सानोतिनो बखेडा निकालेर पक्राउ गरिएका उनीहरुलाई तत्काल रिहा गरिनुपर्ने हाम्रो माग छ।' ३ अगष्टदेखि चर्किएको आन्दोलनमा यतिधेरै नेता र कार्यकर्ता पक्राउ परेको पहिलोपल्ट हो।
 मोर्चाले गठन गरेको गोर्खाल्याण्ड पर्सनल (जिएलपी) ले अवैधरुपमा सेनाको पोशाक लगाएको र सरकारी आवासलाई आफ्नो शिविर बनाएको आरोपमा पनि प्रहरीले थुप्रै जिएलपी जवानलाई पक्राउ गरिसकेको छ। यस्तै, बंगालकी मुख्यमन्त्री बनर्जीलाई 'वी वान्ट गोर्खाल्याण्ड' लेखिएको प्लेकार्ड देखाएको मुद्दामा पक्राउ परेका मोर्चाका नेता तथा दार्जिलिङ नगरपालिकाका पार्षद शुभमय चटर्जीलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको छ।
दिनैपिच्छेजसो आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्नेक्रम नरोकिएपछि आन्दोलन चर्काइरहेको मोर्चा बंगाल प्रहरीसँग रुष्ट छ। 'कानुनसम्मत किसिमले छुट्टै राज्य माग्दा आन्दोलन दबाउन यसरी मान्छे पक्रिनु हुँदैन' मोर्चाका अध्यक्ष विमल गुरुङले भरखरै भनेका थिए, 'जेल र हिरासतमा हाम्रा कार्यकर्ता जति थुनिए पनि आन्दोलन जारी रहन्छ।' पक्राउ परेका नेता तथा कार्यकर्ता छिटो रिहा नभए झन चर्को आन्दोलन गर्ने गुरुङको चेतावनी छ।
जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...