16 Jestha, 2072 |
Menu

विश्व

शिवलाई जल चढाउन गएका ३५ जना रेलको लिकमा किचिए

  • सोमबार ३ भाद्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
शिवलाई जल चढाउन गएका ३५ जना रेलको लिकमा किचिए
पटना - सोमबार शिवभक्तहरुको एउटा टोली राज्यरानी एक्सप्रेसको चपेटामा पर्दा ३५ जनाले ज्यान गुमाएका छन् भने ३० घाइते भएका छन्। पटनाबाट २ सय किलोमिटर दुरीमा रेल मानिसमाथि कुदेपछि स्थानीयले रेलसेवा बन्द गराएका छन्।

'अहिलेसम्म हामीले पाएको जानकारीअनुसार ३५ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्,' प्रहरी अधिकृत एसके भारद्वाजले भने। नजिकै रहेको कात्यायनी मन्दिरमा पुग्‍ने होडमा रहेका शिवभक्त काँबरियाहरु हतारामा रेलबाट झर्दा दुखद् घटना भएको बताइएको छ। एउटा रेलबाट ओर्लेर मन्दिर जान हतारिएकाहरु अर्को आइरहेको रेलको चपेटामा परे।


स्थानीयले भने रेलवे अधिकारीको दोष रहेको बताएका छन्। उनीहरुले राज्यरानी एक्सप्रेसमा आगो लगाएका छन् भने दुई रेललाई रोक लगाएका छन्। उनीहरुले स्थानीय रेल स्टेसनमा आक्रमण गरेका छन्। घटनास्थल पुगेको पुलिसलाई समेत उनीहरुले लखेट्ने प्रयास गरेका थिए।


घाइतेहरुलाई सहर्सा र कटिहारमा उपचारका लागि पठाइएको छ। गम्भीर अवस्थामा रहेकाहरुलाई जिल्ला अस्पताल पठाइएको छ। 'दिउँसोसम्म दुर्घटनामा मर्नेहरुको संख्या अझ धेरै हुने सम्भावना छ। अहिलेसम्म आएको सूचना भनेको स्थानीयबाटमात्र आएको हो,' स्थानीय रेलवे प्रमुख अरुण मलिकले भने।


आगो लागेको रेलका ६ क्यारेज ध्वस्त भएका छन्। रेल कर्मचारीहरु आक्रमणको त्रासमा छन्।

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...