Tuesday 17 Chaitra, 2071 |
Menu

विश्व

HUB

दक्षिण एसियाका दुई सहित २१ अमेरिकी दूतावास र कुटनीतिक नियोग बन्द

(0 votes)
वासिङटन - आतंककारी संगठन अल कायदाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले मध्यपूर्व, उत्तर अफ्रिका र अन्य केही मुलुकमा रहेका कुटनीतिक नियोग केही समय बन्द गर्ने भएको छ। आइतबारदेखि विश्वमा रहेका २१ राजदूतावास र कन्सुलेटहरु बन्द हुने भएका हुन्। बन्द हुनेमा दुई दक्षिण एसियाली मुलुकका दूतावाससमेत छन्।

अमेरिकी सुरक्षा निकायले यमनसहित मध्यपूर्वका र उत्तर अमेरिकाका दूतावासमा आक्रमण हुनसक्ने देखिएकाले यस्तो निर्णय गरेको हो। 'अहिलेसम्मको असुरक्षित अवस्था भन्दा धेरै गुणा खराव अवस्था सिर्जना भएको छ,'  यमनमा रहेका एक सुरक्षा अधिकृतले भने, 'आक्रमण हुनसक्ने दिनहरु नजिकिएका छन्।' अमेरिकामात्र होइन धेरैजसो पश्‍चिमा मुलुकका कुटनीतिक नियोगहरु पनि असुरक्षित रहेको अमेरिकी धारणा छ। अमेरिकासँग नजिक भएकै कारणले मात्रै पनि पश्‍चिमी मुलुकहरुमाथि आक्रमण हुनसक्ने भन्ने तर्क गलत भन्दै अमेरिकाले कुनै पनि स्थानमा अल कायदाले आक्रमण गर्न सक्ने रिपोर्ट अघि सारेको छ।
मुस्लिमहरुको पवित्र पर्व रमदान सकिनै लागेको समयमा आक्रमणको त्रास बढेको हो। आइतबार रमदानमध्येकै महत्त्वपूर्ण दिन हो।
अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान जारी गरेको मुलुकहरुको सूची अनुसार  १७ प्रभावित दूतावासहरुमा अफगानिस्तान, अल्जेरिया, बहराइन, वंगलादेश, इजिप्ट, इराक, जोर्डन, कुवेत, लिविया, ओमन, कतार, साउदी अरबिया, युएइ, सुडान, यमन, मैरितानिया र डिजिवौटी रहेका छन।
बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...