Sunday 15 Chaitra, 2071 |
Menu

विश्व

HUB

चुनावको मुखमा मुख्यमन्त्री फेसबुक 'लाइक' खरिद गरेको आरोप

  • बुधबार २६ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
चुनावको मुखमा मुख्यमन्त्री फेसबुक 'लाइक' खरिद गरेको आरोप

जयपुर– राजस्थानका मुख्यमन्त्री अशोक गहलोतलाई चुनावको पूर्वसन्ध्यामा फेसवुक 'लाइक' खरिद गरेको आरोप लागेको छ। भारतीय जनता पार्टीले मुख्यमन्त्री अशोकले लोकप्रियता कमाउनको लागि फेसवुक 'लाइक' खरिद गरेको आरोप लागेको हो। जुन १ सम्म अशोक गहलोतको अफिशियल फेसबुक पेजमा १ लाख ६० हजार ७७ लाइक रहेकोमा ३० दिनमा यो आँकडा आश्चर्यजनक रुपमा  बढेर २ लाख १४ हजार ६३९ पुगेपछि पछि भारतीय जनता पार्टी क्रुद्ध बनेको हो।

उनको फेसबुक पेजलाई टर्कीको इस्तानाबुलबाट धरै लाइक आएको छ। उनको पेजमा अहिलेसम्म टर्कीबाट ६३ हजार ४ सय ४० मानिसले लाइक गरेका छन् ।

प्रवक्ता ज्योति किरणले भनेका छन् आईटी कम्पनीले थोकमा लाइक बेच्ने काम थालेका छन्। उनले प्रश्न गरे 'राजस्थानका मुख्यमन्त्रीको इस्तनाबुलमा कसरी प्रशंसक भए?' उनले इस्तनाबुलबाट लाइक किनिएको दाबी गरे।

यता कांग्रेस प्रवक्ता अर्चना शर्माले आरोपलाई अस्वीकार गरेकी छन्। उनले भनिन् 'फेसबुकमा जो बसेर पनि लाइक गर्न सक्छ। यसमा शंका गर्ने कुनै विषय छैन। मुख्यमन्त्री लोकप्रिय छन् उनले यो स्तरमा आउनु पर्ने कुनै कारण छैन।' राजस्थानमा डिसेम्बरमा चुनाव हुँदैछ । चुनाबमा कांग्रेसबाट गहलोत र बीजेपीबाट बसुंधरा चुनावी मैदानमा आउँदै छन् । उनीहरु बीचमा चुनाब केन्द्रित साइबर वार परिरहेको छ।
जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...