Thursday 15 Magh, 2071 |
Menu

विश्व

HUB

चीनका पूर्वरेलमन्त्रीलाई मृत्युदन्ड

  • मङ्गलबार २५ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
चीनका पूर्वरेलमन्त्रीलाई मृत्युदन्ड
बेइजिङ – चीनको राजधानी बेइजिङको एउटा अदालतले पूर्वरेलमन्त्री लिउ झिजुनलाई भ्रष्टाचार र सत्ता दुरुपयोगको दोषी ठहर गर्दै मृत्युदन्डको फैसला सुनाएको छ। लिउमाथि २५ वर्षयता एक करोड अमेरिकी डलर घुस खाएको आरोप लागेको थियो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिउलाई बेइजिङको अदालतले सोमबार मृत्युदन्डको फैसला सुनाएको हो। 

तर लिउलाई दिइएको मृत्युदन्डको सजाय निलम्बन हुनसक्ने सम्भावना छ। निलम्बन भए सजाय निलम्बित मृत्युदन्डमा परिवर्तन हुनेछ। सामान्यतया चीनमा निलम्बित मृत्युदन्डको सजाय जन्मकैदमा परिवर्तन हुने गरेको छ। 
घुसखोरीको आरोप लागेका लिउलाई पोहोर मेमा नै कम्युनिस्ट पार्टीको सदस्यताबाट निलम्बन गरिएको थियो। उनीमाथि घुस लिएर ११ जनालाई रेलवे परियोजनासँग सम्बन्धित ठेक्का दिन सघाएको आरोप थियो। सन् २००३ मा रेलमन्त्री नियुक्त उनको कार्यकालमा चीनमा रेलवे सञ्जालको व्यापक विस्तार भएको थियो। रेलवे सञ्जाल विस्तारमा चीनले अर्बौं अमेरिकी डलर बराबर रकम लगानी गरेको थियो।
सन् २०१३ को सुरुमा राष्ट्रपति सि चिनफिङले चीनको शासन बागडोर सम्हालेपछि लिउ कम्युनिस्ट पार्टीका माथिल्लो स्तरका नेता हुन् जसलाई भ्रष्टाचार कान्डमा मृत्युदन्डको फैसला गरिएको छ। एकताका अत्यन्त शक्तिशाली रहेको रेल मन्त्रालय सरकारले यसै वर्ष मार्चमा खारेज गरेको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाल्दा नै नेता सिले भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए। सिले पार्टीको केन्द्रीय बैठकमा नै भष्टाचारका ठूला बाघदेखि तलका झिंगासम्म सबैलाई कारबाही गर्ने बताएका थिए। 
रेलवे सुरक्षासम्बन्धि धेरै त्रुटिका कारण रेल विभाग आलोचित भएको थियो। यसबाहेक सरकारी लेखा परीक्षणमा समेत व्यापक भ्रष्टाचारका मामिला फेला परेका थिए। 
अहिले चीनमा विश्वमा सबैभन्दा तीव्र गतिको रेल सञ्जाल छ। तर बेला बेला रेल सेवाको समुचित सुरक्षा व्यवस्थाबारे सवाल उठ्ने गरेका छन्। केही वर्षयता चीनमा थुप्रै रेल दुर्घटना भएपछि रेल सुरक्षाबारे प्रश्न उठ्ने गरेका छन्। दुई वर्षअघि भएको एउटा रेल दुर्घटनामा ४० जनाको मृत्यु भएपछि रेल विभागको तीव्र आलोचना भएको थियो।

सामूहिक बलात्कारमा जर्नेल पुत्र
चिनियाँ जनमुक्ती सेनाका शक्तिशाली जनरल लि सुवाङजियाङका १७ वर्षे छोरा लि तियानयीसहित पाँच जनाविरुद्ध सामूहिक बलात्कार अभियोगमा सोमबार बेइजिङ अदालतमा मुद्दा चलाइएको छ। 
चीनका लागि थुप्रै राष्ट्रिय गीत गाएका ७२ वर्षे जनरल लि आफ्नो देशमा निकै विख्यात छन्। धेरै टेलिभिजन कार्यक्रममा समेत सहभागी जनरल लि निकै लोकप्रिय छन्। छोरा लि र उनका साथीले फेब्रुअरीमा राजधानी बेइजिङस्थित एउटा होटलमा सामूहिक बलात्कार गरेको सरकारी अखबार पिपुल्स डेली र अन्य सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 
१७ वर्षका लिलाई अहिले भने बालिगका रुपमा अभियोगसहित मुद्दा चलाइएको छ। चिनियाँ कानुनमा गम्भीर प्रकृतिको मुद्दामा कडा दन्डसजायको व्यवस्था भए पनि उनीसहित पाँच जनाविरुद्ध अभियोग सावित भए तीनदेखि १० वर्षसम्म कैद हुनसक्छ।
यसअघि सन् २०११ मा समेत १५ वर्षका लिले एक वर्ष जेल सजाय पाएका थिए। उमेर नै नपुगी बिएमडब्लु कार चलाएर एउटा जोडीमाथि आक्रमण गरेको र दर्शकलाई धम्क्याएको अभियोगमा लिलाई जेल चलान गरिएको थियो। कान्डपछि उनीसहित उनका बुवा लिको सार्वजनिक रुपमा निकै आलोचना भएको थियो। जनरल लिले त्यस कान्डका लागि र छोराको खराब व्यवहार नियन्त्रण गर्न चुकेकोमा सार्वजनिक रुपमा नै माफी मागेका थिए।

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

बेइजिङ– चीनको राजधानी बेइजिङमा शनिबार १२ सय किलोमिटर टाढाबाट खानेपानी आपूर्ति हुन थालेको छ। मध्यचीनमा निर्माण गरिएको विशाल बाँधमा पानी जम्मा गरी बेइजिङसम्म खानेपानी आपूर्ति गर्न थालिएको हो। राजधानी बेइजिङले शनिबार...