Thursday 3 Poush, 2071 |
Menu

विश्व

बीजेपी नेता आडवानीद्वारा राजीनामा

  • सोमबार २७ जेष्ठ, २०७०
  • रासस/एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
बीजेपी नेता आडवानीद्वारा राजीनामा
नयाँ दिल्ली- भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता एवं भारतीय संसद्‍का प्रमुख विपक्षी नेता लालकृष्ण आडवानीले राजीनामा दिएका छन्। आइतबार भारतीय जनता पार्टीले आगामी वर्ष हुन लागेको निर्वाचनको प्रमुख अभियानकर्ताका रुपमा नरेन्द्र मोदीलाई अघि सारेपछि उनले राजीनामा दिएका हुन्। 

मोदी हिन्दू धर्मप्रति कट्टर नेताका रुपमा चिनिन्छन्। उनी भारतीय जनता पार्टीका एक चर्चित र विवादास्पद नेताका रुपमा परिचित छन्। पचासी वर्षीय आडवानीलाई भारतीय जनता पार्टीले सन् २००९ को आम निर्वाचनमा प्रधानमन्त्रीको उमेदवारका रुपमा अघि सारेको थियो। 

तर सो निर्वाचमा उक्त दलले बहुमत हासिल गर्न भने सकेन। उनी भारतको उपप्रधानमन्त्री रहिसकेका छन्। भारतका कतिपय नेताहरु आफ्नै व्यक्तिगत एजेण्डामा अडिग रहने गरेको बताइन्छ। यस पटक पनि आडवानीले मोदीसँगकै असहमतिका कारण राजीनामा दिएको बताइएको छ। 
भारतमा आगामी वर्ष हुन लागेको आम निर्वाचनका लागि दलगतरुपमा अभियानहरु सुरु भइसकेका छन्। 
अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका भाइ जेब बुसले आफू पनि सन् २०१६ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। रिपब्लिकन पार्टीका बुस फ्लोरिडाका पूर्वगभर्नर हुन्। उनले आफ्नो प्रचार...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ...

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।

भारतमा ‘जिहादी ट्विटर' पक्राउ

बङ्लोर (भारत)– भारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक २४ वर्षीय युवकलाई पक्रेको छ। दक्षिणी नगर बङ्लोरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर...

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।