Thursday 14 Jestha, 2072 |
Menu

विश्व

भारतीय प्रधानमन्त्रीले हवाइ यात्रामा १० अर्ब सिध्याए

  • आइतबार २६ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
भारतीय प्रधानमन्त्रीले हवाइ यात्रामा १० अर्ब सिध्याए
नयाँ दिल्ली — भारतका प्रधानमन्त्री मनमोहन सिंहले पछिल्लो ९ वर्षमा हवाइ यात्रामा करिब १० अर्ब (६ अर्ब ४२ करोड भारतीय रूपैयाँ) सिध्याएका छन्। सूचनाको हक ऐन अन्तर्गत विवरण मागिएपछि प्रधानमन्त्री कार्यालयले खर्च विवरण सार्वजनिक गरेको हो।
२००४ देखि सिंहले ६७ यात्रा गरेको थिए। तीमध्ये पाँच वटा यात्राको बिल सार्वजनिक गरिएको छैन। बाँकी ६२ यात्रामा प्रधानमन्त्री कार्यालयले ६ अर्ब ४२ करोड ४५ लाख भारतीय रुपैयाँको बिल भुक्तानी गरेको छ।

केन्द्रीय सूचना आयोगले मन्त्रिपरिषदलाई उक्त सूचना सार्वजनिक गर्न निर्देशन दिएको थियो। अति विशिष्ट व्यक्ति तथा मन्त्रीहरुका साथमा प्रधानमन्त्रीले गरेका भ्रमणहरुको खर्च जनचासोको विषय भएको भन्दै आयोगले त्यसलाई सार्वजनिक गर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले खर्च विवरण बाहिर ल्याएको हो।

गत वर्ष समाचार एजेन्सी पिटीआइले प्रतिभा पाटिलले आफ्नो पाँच वर्षे राष्ट्रपतिको कार्यकलमा २ करोड २३ लाख रुपैयाँ विदेश भ्रमणमा सिध्याएको सूचना सार्वजनिक गरेको थियो। त्यसयता भारतमा भिआइपीको विदेश भ्रमण खर्च बारे चासो बढेको छ।

प्रधानमन्त्री सिंहले गत वर्ष मेक्सिको र ब्राजिल भ्रमणमा मात्र झण्डै २७ करोड खर्च गरेको विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।
मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...