8 Kartik, 2071 |
Menu

विश्व

हेगमा बुद्ध प्रतिमा स्थापना गरिने

  • ४ जेष्ठ, २०७०
  • पूर्ण बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
मनिला (फिलिपिन्स) –  एनआरएनले नेपाल सरकारसँग मिलेर नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरमा बुद्ध प्रतिमा स्थापना गर्ने भएको छ। बुद्ध जन्मस्थलबारे अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको भ्रम हटाउन एक महिनाभित्र प्रतिमा स्थापना गर्न लागिएको गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष जीवा लामिछानेले बताए।
'बुद्ध प्रतिमा राख्न अन्तर्राष्ट्रिय न्यायालयबाट एक महिनाअघि स्वीकृति पाएका छौँ', फिलिपिन्सको राजधानी मनिलामा एनआरएन एसियाप्यासेफिक क्षेत्रीय बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लामिछानेले भने, 'अर्को महिनाजेनेभामा हुने एनआरएनए युरोप क्षेत्रीय बैठकको क्रममा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको प्राङगणमा बुद्ध प्रतिमा स्थापनागरिनेछ।'

बुद्ध जन्मस्थल सम्बन्धी भ्रम हटाउन नेपाल सरकार र एनआरएनले अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनी सम्बन्धी प्रचार गर्दै आएका छन्। तर कतिपय देशमा बुद्ध भारतमा जन्मिएको भ्रम रहेको अवस्थामा बिहारमा बनिरहेको नक्कली लुम्बिनीले झन् विवाद निम्त्याएको छ। बुद्ध जन्मस्थलबारे अन्तर्राष्ट्रिय रुपमै न्यायखोजेको संकेत गर्न डेढ वर्षदेखि हेगमा प्रतिमा स्थापनाका लागि भइरहेको प्रयास सफल भएको लामिछानेले नागरिकन्युजलाई बताए। उनका अनुसार न्यायालयले लामो अध्ययनपछि प्रतिमा राख्न स्वीकृति दिएको हो।

हेगमा राख्न बुद्ध प्रतिमा तयार भइरहेको बताउँदै लामिछानेले त्यसमा 'बुद्ध वाज वर्न इन लुम्बिनी नेपाल' लेख्ने निर्णय भएको जनाए।

मनिला बैठकमा लामिछानेले एनआरएन विदेशमा बस्ने नेपालीको सबभन्दा ठूलो सञ्जालभएको बताउँदै स्थापनाभएको दशवर्षमा ६५ देशमा शाखा बनेको र ल्याटिन अमेरिका तथा अफ्रिकामा समेत विस्तार गरी चाँडै नै ७० पुर्यायइने दावी गरे। एनआरएनएले नेपालको सामाजिक कार्यमा करिब आठ करोड रुपैयाँ लगानी गरिसकेको र पाँच अर्ब रुपैयाँमा स्थापनाभएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीले एक वर्षमै एक अर्ब जम्मा गरेको उनले जानकारी दिए।

एसिया प्यासेफिकका १२ देशबाट एक सय २० जना सहभागी बैठकमा एनआरएनका प्रमुखसंरक्षक देवमान हिराचनले संस्थालाई संख्यात्मकभन्दागुणात्मक रुपमाविकास गर्न आग्रह गरे। एनआरएन इन्भेष्टमेन्ट कम्पनीएनआरएनए संस्थाको कम्पनीभन्ने भ्रमबारे संस्थाले प्रष्ट पार्नु पर्छ', पूर्व अध्यक्ष हिराचनले भने, नेपालको सम्वृद्धिका लागि पैसा मात्रहोइन, सीप र ज्ञानको लगानीको खाँचो छ।'

हिराचनको प्रश्नको जवाफदिँदै अध्यक्ष लामिछानेले एनआरएन इन्भेष्टमेन्ट कम्पनीमा संस्थाले लगानी नगरेको स्पष्ट पार्दै इच्छुक गैरआवासीय नेपालीले यसमा लगानी गर्न सक्ने बताए।

हरेक दुई वर्षमाहुने एनआरएनको छैठौँ विश्व सम्मेलनअक्टोबर १९ बाट काठमाडौँमाहुँदैछ। एनआरएनएका संस्थापकअध्यक्षउपेन्द्र महतोले सम्वृद्ध नेपालको अभियान पुरा नभएसम्म एनआरएन नथाक्ने उद्‌घोष गरे। छैठौँ विश्व सम्मेलनलाई नेपालीको एउटा अन्तर्राष्ट्रिय पर्वका रुपमा चित्रण गर्दै महतोले समझदारीमा नयाँ नेतृत्व निर्माण गर्न आग्रह गरे।

फिलिपिन्सकापूर्व श्रम मन्त्री मारियानितो रोसे र फिलिपिन्सका लागि नेपालका अवैतनिक वाणिज्यदूत जोसे पाउलोले एनआरएनएको बैठकबाट ७५ वटा देशमा कार्यरत एक करोड फिलिपिनोलाई यस्तै संस्था स्थापना गर्ने प्रेरणा मिलेको अनुभव सुनाए। आफूले फिलिपिन्समा नेपाल प्रवर्द्धन गरिरहेको बताउँदै वाणिज्यदूत पाउलोले भने, 'तपाईंहरु सामन्ती राजतन्त्रबाट लोकतन्त्रिक व्यवस्थातर्फ गइरहनु भएको छ, हाम्रो अनुभवमा त्यो त्यत्ति सजिलो छैन।'

फिलिपिनो र नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा एनआरएन फिलिपिन्समा आवद्ध नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेकाथिए। कार्यक्रममा एसियाप्यासेफिक संयोजकत्रिलोक गुरुङले पूर्वी एसियाको आर्थिक विकासको अनुभव नेपालसम्म जोड्न आग्रहगर्दै नेपालको आर्थिक सम्वृद्धितर्फको यात्रामा यो अनुभव सान्दर्भिक हुने उल्लेख गरे।
‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।