Thursday 11 Baishak, 2071 |
Menu

विश्व

'हेड एण्ड टेल' गरेर मेयर !

  • शुक्रबार ३ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
'हेड एण्ड टेल' गरेर मेयर !
मनिला – फिलिपिन्सको सानो नगर सान टेओडोरोको मेयर निर्वाचनमा सिक्का उफारेर विजयीको टुंगो लगाइएको छ। चुनावमा प्रतिस्पर्धी उम्मेदवारले बराबर मत पाएपछि सिक्का उफारेर विजयी उम्मेदवार छनौट गरिएको निर्वाचन अधिकारीले बिहीबार बताए। मध्य फिलिपिन्सस्थित करिब १६ हजारको बसोबास रहेको कृषिमा आधारित सहरमा स्थानीय निर्वाचन कार्यालयमा सिक्का उफारेर विजयी उम्मेदवारको छनोट गरिएको थियो।
सान टेओडोरोका प्रमुख निर्वाचन अधिकारी रेनी पागिलागानले उम्मेदवारबीच सिक्का उफार्दा उनीहरूले लिएको सिक्काको पक्ष धेरै पल्टिने उम्मेदवार विजयी हुने स्वीकारेको बताए। 
निर्वाचनको निर्णयका लागि पाँचपल्ट सिक्का उफारिएको थियो। दुईपल्ट सिक्का उफार्दा दुवै पक्षबीच बराबरी देखिएको थियो। यसैगरी अर्को दुईपल्ट सिक्का उफार्दासमेत दुवै पक्षबीच बराबरी भएको थियो। पाचौंपल्ट सिक्का उफार्दा सत्तारुढ लिबरल पार्टीका नेता मार्भिक फेरारेन विजयी भए। 
निर्वाचन प्रमुख पागिलागानका अनुसार दुवै उम्मेदवारले परिणाम स्वीकारेको र हात मिलाएर अंकमाल गरेको बताए। निर्वाचन प्रमुख पागिलागानले निर्वाचनमा दुवै उम्मेदवारले बराबरी मत प्राप्त गरे उनीहरूबीच चिठ्ठा विधिका आधारमा विजयीको टुंगो लगाइने र त्यसका लागि सिक्का उफार्ने कार्य हालसम्म सबैले स्वीकार्दै आएको बताए। 
पागिलागानले सिक्का उफारेर निर्वाचनको नतिजा निकालिएको यो पहिलोपटक नभएको बताए। उनले बताएअनुसार सन् २००४ मा नजिकैको नगर परिषद् सदस्यको निर्वाचन नतिजा पनि यसै गरी निकालिएको थियो। फिलिपिन्समा सोमबारको निर्वाचनमा करिब १८ हजार पदका लागि ४४ हजार उम्मेदवार थिए। त्यसमा स्थानीयदेखि राष्ट्रिय संसदसम्मको चुनाव भएको थियो।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...

DMC Firewall is a Joomla Security extension!