Sunday 13 Poush, 2071 |
Menu

विश्व

निजी क्षेत्र सहयोगी सरिफ पाक प्रधानमन्त्री बन्दै

(0 votes)
निजी क्षेत्र सहयोगी सरिफ पाक प्रधानमन्त्री बन्दै
इस्लामाबाद (एजेन्सी)– गत शनिबारको चुनावबाट पाकिस्तानको प्रधानमन्त्री हुने पक्का भएका नवाज सरिफले अर्थतन्त्र आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। तेस्रोपटक मुलुकको प्रधानमन्त्री बन्न लागेका सरिरफले अघिल्ला कार्यकालमा पनि निजीकरण र विदेशी लगानीलाई जोड दिएका थिए। पाकिस्तानमा उनी निजी क्षेत्रका सहयोगीका रुपमा चिनिएका छन्।
उनका सहयोगीका अनुसार सरकारी स्वामित्वका कम्पनी सञ्चालन गर्न उनले निजी क्षेत्रका व्यवस्थापक नियुक्त गर्ने तयारी गरिसकेका छन्। सुस्त अर्थतन्त्रलाई गति दिन उनले विदेशी लगानीलाई अपरिहार्य मानेका छन्। 
दोस्रो कार्यकालमा उनले सरकारी स्वामित्वका पाँच बैंकमध्ये तीनमा निजी क्षेत्रका बैंकरलाई नेतृत्वमा ल्याएका थिए भने दुई (हबिब बैंक र युनाइटेड बैंक) लाई निजीकरण गरेका थिए। यी सबै बैंक अहिले नाफामा चलिरहेका छन्। 
उनको योजनामा ट्रेड युनियनहरुले भने अवरोध गरेका थिए। उनको निजीकरणलाई सहयोगीहरु बेलायतमा मार्गरेट थ्याचरले १९८० को दशकमा चलाएको अभियानसँग तुलना गर्छन्। 
'अर्थतन्त्रलाई गति दिने सूत्र सरल छ। राम्रा मान्छेलाई नियुक्ति दिउँ्क। उसलाई उसको मान्छे नियुक्त गर्ने स्वतन्त्रता दिउँ्क र उनीहरुलाई सशक्त बनाउँ्क। यसमा सहयोग गर्ने सरकार छँदैछ,' पूर्व अर्थमन्त्री सरताज अजिजले भने। सरिफको दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएलएन) ले विगतमा सरकार बनाउँदा अजिज अर्थ र विदेशमन्त्री बनेका थिए। पिएमएलएन स्रोतका अनुसार हाल इश्क दारलाई अर्थमन्त्री बनाइने भएको छ। 
चुनावको अन्तिम परिणाम आइनसके पनि व्यावसायिक समुदायले सरिफलाई स्वागत गरिसकेको छ। नवाज सरिफ आफैं व्यावसायिक पृष्ठभूमिका हुन्। पन्जाब प्रान्तमा उनको ठूलो स्टिल कारखाना छ। पाकिस्तानमा दैनिक २० घन्टा लामो लोडसेडिङ, व्याप्त भ्रष्टाचार, सुस्त प्रशासनबाट वाक्क भइसकेको लगानीकर्ताले बताउँदै आएका छन्। 
केन्द्रीय बैंकका अधिकारीका अनुसार ऊर्जा, रेल यातायात तथा उड्डयन क्षेत्रका सरकारी कम्पनीहरुको घाटा कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत पुगेको छ। 'यी कम्पनी सेता हात्ती हुन भन्नलाई कुनै अप्ठेरो छैन,' ती अधिकारीले भने। 
लाहोरस्थित व्यावसायिक समूहका प्रमुख मिलान मुहम्मद मान्साले पाकिस्तानलाई बेलायतमा जस्तै मार्गरेट थ्याचर चाहिएको बताए। 'पहिला सबै सार्वजनिक संस्थानलाई सरकारी नियन्त्रणबाट बाहिर ल्याउनुपर्छ,,' उनले भने, 'यी कम्पनीको नोक्सानीमार्फत हुने पुँजी चुहावट रोकिन्छ र राजनीति शुद्ध हुन्छ।' 
सरिफले १९९७ मा बैंक सुधार लागु गर्दा झन्डै २० हजारले रोजगारी गुमाएका थिए। अहिले पनि निजीकरलाई अघि बढाइयो भने ट्रेड युनियन र विपक्षी दलहरुबाट अवरोध हुने अनुमान विश्लेषकहरुले गरेका छन्। 'सरिफले नै आफ्ना राजनीतिक सहकर्मीलाई नियन्त्रणमा राख्न सक्नुपर्छ, अर्थशास्त्री सुहैल जहाँगीर मलिकले भने, 'राजनीतिक संरक्षणमै आर्थिक अव्यवस्था बढेर गएको हो।' 
सरिफको योजनालाई दार्त निकायहरुको भने समर्थन प्राप्त हुनेछ। अन्तराष्ट्रिय मुद्रा कोषले पाकिस्तानको व्यापार सन्तुलन सुधार गर्न ९ अर्ब डलर दिने तयारी गरिरहेको छ। पाकिस्तानको विदेशी मुद्रा सञ्चिति दुई महिनाको आयातलाई मात्र धान्न सक्ने डरलाग्दो स्थितिमा पुगेकाले मुद्रा कोषले व्यापारमा चासो दिएको हो। 
'पाकिस्तानको समग्र अर्थतन्त्र र यसको दीर्घकालीन संरचनालाई लिएर गम्भीर सरकार अहिलेको आवश्यकता हो,' मुद्रा कोषलगायत दातासँग वार्तामा सहभागी अन्तरिम सरकारका एक अधिकारीले भने। दाताको सहयोग प्राप्त गर्न पाकिस्तानले बजेट घाटा कटौतीका लागि कर बढाउनुपर्ने, अनुदान लक्षित वर्गमै पुग्ने सुनिश्चित गर्नुपर्ने र विदेशी लगानीलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए।
१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

बेइजिङ– चीनको राजधानी बेइजिङमा शनिबार १२ सय किलोमिटर टाढाबाट खानेपानी आपूर्ति हुन थालेको छ। मध्यचीनमा निर्माण गरिएको विशाल बाँधमा पानी जम्मा गरी बेइजिङसम्म खानेपानी आपूर्ति गर्न थालिएको हो। राजधानी बेइजिङले शनिबार...

जापानमा अबे पुनः प्रधानमन्त्री

जापानमा अबे पुनः प्रधानमन्त्री

टोकियो– जापानको प्रधानमन्त्रीमा हालका कामचलाउ प्रधानमन्त्री सिन्जो अबे पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री अबे बुधबार जापानी संसदको तल्लो सदन डायटद्वारा स्पष्ट बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका भाइ जेब बुसले आफू पनि सन् २०१६ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। रिपब्लिकन पार्टीका बुस फ्लोरिडाका पूर्वगभर्नर हुन्। उनले आफ्नो प्रचार...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ...

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।

भारतमा ‘जिहादी ट्विटर' पक्राउ

बङ्लोर (भारत)– भारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक २४ वर्षीय युवकलाई पक्रेको छ। दक्षिणी नगर बङ्लोरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर...

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...