Thursday 16 Ashwin, 2071 |
Menu

विश्व

softworica

पाठेघर क्यान्सरबाट भारतमा वर्षको ७३ हजारको जान्छ ज्यान

(0 votes)
पाठेघर क्यान्सरबाट भारतमा वर्षको ७३ हजारको जान्छ ज्यान
नयाँ दिल्ली – वर्षमा करिब ७३ हजार भारतीय महिलाको पाठेघर क्यान्सरका कारण निधन हुने गर्छ। अमेरिकामा आधारित एक अध्ययन संस्थानले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वणमै पाठेघर क्यान्सरका कारण मर्नेहरुमध्ये २६.४ प्रतिशत भारतीय महिला रहेका छन्।

कार्भिकल क्यान्सर ग्लोबल क्राइसिस कार्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीन, वंगलादेश, पाकिस्तान, इन्डोनेसिया र थाइल्यान्डमा पनि धेरै महिलाको ज्यान यसैका कारण जाने गरेको छ।

पाठेघर क्यान्सरबाट वर्षेनी विश्वभर २ लाख ७५ हजार महिलाको ज्यान जाने गर्छ। र, हरेक वर्ष यो रोगबाट मर्नेको संख्या बढ्दो छ। उपचार गर्न सकिने भए पनि कम आय भएका मुलुकहरुमा यसले धेरैको ज्यान लिने गरेको छ। क्यान्सरमध्ये यो सबैभन्दा धेरैको ज्यान लिनेमा दोस्रो भएको छ।

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

लखनउ - भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटनामा परेको हो।