Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

हात्तीको निधनमा तीन दिन शोक

smaller text tool iconmedium text tool iconlarger text tool icon
ढाका, साउन ८- बङ्गलादेशको सबैभन्दा ठूलो एक चिडियाखानाले त्यहाँको एकसय वर्ष उमेरको हात्तीको आज निधन भएकोमा त्यसको तीनदिनसम्म शोक मनाउने घोषणा गरेको छ।

  सरकारी मातहतमा रहेको सो चिडियाखानामा रहेको सो हात्ती त्यहाँको प्रमुख आकर्षणका रुपमा रहेको थियो।

सो चिडियाखानाका अनुसार धेरै पहिलादेखि नै सो हात्तीलाई एक बफादार सेवकको नाम दिइएको थियो।

पवनतारा नाम रहेको सो हात्तीको गत बिहीबार हृदयघातका कारण निधन भएको सो चिडियाखानाका प्रमुख एएचएम साहिदुल्लाहले जानकारी दिए।

सन् १९५७ देखि सो चिडियाखानामा रहेको सो स्त्री हात्ती त्यहाँका हजारौं जनावरहरुको एक अभिभावकका रुपमा रहेको थियो।

साहिदुल्लाहले भने- सो हात्तीका सबैजसो माहुत र उसको हेरचाह गर्ने सुसारेहरु पवनताराको मृत्युको खबरले बालबालिकाजस्तो गरी चिच्याउँदै रोएका थिए।

शुक्रबारदेखि सुरु भएको सो शोकको आइतबारसम्म तीनदिन हात्ती खेलसम्बन्धी कुनैपनि रमाइला कार्यक्रमहरु सो र अन्य चिडियाखानामा समेत नगरिने बताइएको छ।

पवनताराको आत्माको चिर शान्ति र त्यो चिडियाखानाका अन्य बिरामी जनावरको स्वास्थ्या लाभको कामनाका लागि त्यहाँ विशेष किसिमको प्रार्थना गरिने उनले बताए।

उ एसियाकै सम्भवत सबैभन्दा जेठो हात्ती रहेको र सधैंजसो शान्त र रमाइलो स्वभावमा रहने पनि उनले बताए।

प्रायः एसियाका हात्तीको आयु ६० देखि ९० वर्षसम्म हुने गर्दछ जनावरसम्बन्धी विषेशज्ञ मोसिनुजमान चौधरीले बताए।

सो चिडियाखानामा दुई हजार जनावरहरु रहेका छन्। रासस/एएफपी 

प्रतिक्रियाहरू (1)Add Comment
0
manju
August 30, 2010
124.41.213.48
भोट: +0
...

smilies/wink.gif excellent news

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

विश्व