Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

भिडियो सार्वजनिकपछि भारतीय गुरुको आश्रममा आक्रमण

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, फागुन २० (एजेन्सीहरु)- एक भारतीय गुरु ओछ्यानमा दुई महिलासँग बसेको भिडियो प्रसारण भएपछि दक्षिण भारतस्थित उनको आश्रममा क्रुद्ध गाउँलेहरुले तोडफोड गरेका छन्।

नेपाल लगायत ३३ देशमा आफ्ना भक्तहरु रहेको दावी गर्ने स्वामी परमहंस नित्यानन्द आक्रमणको बेला कर्णाटकस्थित सो आश्रममा थिएनन्। थप आक्रमण हुने संभावनालाई ध्यानमा राखी अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ।

३३ वर्षका नित्यानन्दसँग देखिएकी दुई महिलामध्ये एक प्रख्यात तमिल अभिनेत्री रन्जिता रहेको पछि खुलेको छ। भिडियोलाई सबैभन्दा पहिले तमिल समाचार च्यानल सन टिभीले प्रसारण गरेको थियो।

आश्रमका प्रवक्ताले भिडियो नक्कली रहेको जिकिर गर्दै यसका पछाडि गहिरो षड्यन्त्र लुकेको जिकिर गरे। तर उनले कसको षड्यन्त्र भनी बताउन सकेनन्। एएफपीलाई उनले भने, यो भिडियोको सत्य तथ्य पत्ता लगाउने काम प्रशासनको हो। उनको आधिकारिक वेबसाइटमा षड्यन्त्र, ग्राफिक्स र हल्लाको मिश्रण वर्तमान घटना भएको बताउँदै कानुनी कारबाही गर्ने तयारी भइरहेको उल्लेख छ।

लुकाएर राखिएको क्यामेराबाट खिचिएको भिडियोमा स्वामीले दुई महिलालाई चुम्बनसहित यौन उत्तेजक व्यवहार गरेको देखाइएको छ। टेलिभिजनले सोमबार पहिलो पल्ट सो भिडियो प्रसारण गर्दा महिलाको अनुहार धमिलो बनाएर परिचय खुलाएको थिएन। यद्यपि त्यसमा देखिएकी एक महिला तमिल अभिनेत्री रहेको खुलासा हुन धेरै समय लागेन।

नित्यानन्दले भारत लगायत विदेशमा ध्यान र योगा सिकाउने गर्छन्।

एअर होस्टेज र कलेजमा अध्ययनरत युवतीहरुलाई यौन व्यवसायमा लगाउने सञ्जाल चलाएको भन्दै भारतको राजधानीमा प्रहरीले एक ३९ वर्षीय गुरुलाई प्रहरीले गिरफ्तार गरेको एक हप्तापछि यो अर्को गुरु काण्ड भएको हो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

विश्व

Nagarik Offer