Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

प्रहरीका लागि माओवादीभन्दा लामखुट्टेले खतरनाक

smaller text tool iconmedium text tool iconlarger text tool icon
राँची, फागुन ११ (बीबीसी)- भारतको पूर्वी राज्य झारखण्डमा माओवादी विद्रोहीविरुद्धको कारबाहीमा पछिल्लो दुई वर्षमा एक सय बढी प्रहरीको मृत्यु भइसकेको छ। तर लामखुट्टेको टोकाइबाट मर्नेको संख्या त्यो भन्दाबढी रहेको भारतीय अधिकारीले बताएका छन्।

राज्य प्रहरी संघका एक अधिकारीले भने, ‘विद्रोहीले भन्दा लामखुट्टेले बढी सुरक्षा फौजलाई मारेको छ।' माओवादीविरुद्ध कारवाही सञ्चालन गर्न परिचालित अर्धसैनिक र प्रहरीहरूको शिविर जंगलमा छन्।

झारखण्ड प्रहरी संघ ती अधिकारीले पछिल्लो चार महिनामा शिविरका १५ जनाभन्दा बढी प्रहरीको मृत्यु भइसकेको र मृत्युको कारण औलो भएको बताए। ‘माओवादी विद्रोहीसँग जस्तै गरी हामी लामखुट्टेसँग लडिरहेका छौं। माओवादीभन्दा लामखुट्टे खतरनाक छन्। हामीलाई लामखुट्टे आक्रमणको खतरामा बढी छौं,' संघका सभापति अखिलेश्वर पाण्डेले भने।

प्रतिविद्रोही गतिविधिमा संलग्न सयौं प्रहरीको झारखण्डमा उपचार हुने गरेको र धेरैजसो औलोका रोगी भएको चिकित्सक रिपोर्टले देखाएको छ। एक वरिष्ठ प्रहरी अधिकारीले पनि सुरक्षाफौजले लामखुट्टेबाट ‘कठिन चुनौती' सामना गरिरहेको बताए।

प्रहरी अधिकारी अवधेशकुमार सिंहले औलोविरुद्ध सुरक्षाकर्मीलाई औषधी र लेप प्रयोग गर्न दिने गरेको बताए। लामखुट्टे पीडित केही प्रहरीले निजी अस्पतालमा औलोको उपचार गराउन निजी सम्पत्तिसमेत बेचेका छन्।

भारतमा प्रत्येक वर्ष हजारौं मानिसको औलोका कारण मृत्यु हुने गरेको छ। भारतका मध्य तथा पूर्वी भाग औला बढी प्रभावित छ। यही क्षेत्रमा माओवादीको प्रभाव बलियो छ। माओवादी विद्रोही पूर्व तथा मध्य भारतमा सक्रिय छन्। लामो समयदेखिको माओवादीको सशस्त्र विद्रोहमा परी ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

विश्व

Nagarik Offer