Thursday 19 Chaitra, 2071 |
Menu

विश्व

भीसा प्रकरण : हिन्दु -मुस्लिम युद्धस्थल बन्दै अमेरिका

  • बुधबार ९ श्रावण, २०७०
  • चिदानन्द राजघट/टीएनन
  • DISQUS_COMMENTS
(0 votes)
भीसा प्रकरण : हिन्दु -मुस्लिम युद्धस्थल बन्दै अमेरिका
वासिङटन - अमेरिकाका राजनीतिज्ञहरु विभाजित नभएपनि भारतीय महाद्वीपबाट सुरु भएको हिन्दु र मुस्लिम विभेदले अमेरिकालाई नयाँ युद्धभूमि बनाएको छ।

नियोजितरुपमा सार्वजनिक गरिएको ६५ भारतीय सांसदहरुको चिठी अहिले चर्चाको शिखरमा छ। अमेरिकी राष्ट्रपति बाराक ओवामालाई सम्भवत मुस्लिम सांसदहरुले पठाएको पत्रमा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी भीसा नदिन उनीहरुले पत्राचार गरेका हुन्। २००२ मा भएको जातीय हिंसालाई बढाउने काम मोदीले गरेको आरोपमा उनलाई अमेरिकाले भीसा दिएको छैन। मुस्लिमहरु त्यो व्यवस्था कायम रहोस् भन्ने चाहन्छन्।

अमेरिकी विदेशमन्त्री जोह्न केरीलाई २७ अमेरिकी सांसदहरुले पनि यसमाथि चासो जनाउँदै अर्कै पत्र लेखेका छन्।

यी दुई पत्र एक अर्काप्रति सम्वन्धित छैनन तर भारतीय हिन्दु र मुस्लिम समूहबीचको द्वन्द्व अमेरिकी भूमिमा प्रस्ट देखिएको छ। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष राजनाथ सिंहको अमेरिका भ्रमणको अवसरमा पारेर संगठित रुपमा नै हिन्दु र मुस्लिम समूहहरु मोदीको विषयमा फरक विचार लिएर युद्धमा जुटेका हुन्। २०१४ मा हुन लागेको निर्वाचनमा भाजपाको प्रस्तावित प्रधानमन्त्रीका रुपमा रहेका मोदीलाई भीसा दिनुपर्ने प्रस्ताव सिंहले गरेका छन।

राजनाथसँगै उनको पार्टी भाजपाका कार्यकर्ता र समर्थकहरुले अमेरिकी सांसदबीच आफ्नै माग राख्न थालेका छन्। मोदीलाई अमेरिका छिर्न दिनुपर्ने उनीहरुको 'लवी' छ। अमेरिकी व्यवसायीहरु पनि गुजरातमा पछिल्लो पटक भएको विकास र सम्भावित व्यवसायलाई मध्यनजर गर्दै मोदीलाई रोक लगाउन नहुने तर्कसाथ सक्रिय छन्। तर, लेफ्टिस्ट, मानव अधिकारवादी समूह, नागरिक अधिकारकर्मी र भारतीय-अमेरिकी मुस्लिमहरु मोदीविरुद्ध सक्रिय छन्।


भारतीय सांसदहरुले अमेरिकी राष्ट्रपतिलाई त्यहाँको नीति नफेर्न दवाव दिएको विषयलाई धेरैले अनौठोरुपमा हेरेका छन्। 'अमेरिकाको आन्तरिक मामिलामा भारतीय सांसदहरुले गरेको अपिल असोचनीय छ। अधिकांश भारतीय नेताहरु, जो अमेरिकालाई शीतयुद्धकै वासिङ्टन ठान्छन, रौजत्तिको विषलाई पनि चासो दिने गर्छन्,' पछिल्लो घटनाक्रमलाई वासिङ्टन पोस्टले भनेको छ।

अर्कातिर भारतीय-अमेरिकी मुस्लिम कार्यकर्ता भने 'मानव अधिकार कुनै देशको नभइ विश्‍वव्यापी मान्यता' भएको भन्दै मोदी विरुद्ध 'लवी' गर्नु सामान्य रहेको बताउँछन्। भारतीय जनता पार्टिले मोदीलाई अमेरिकी भीसाका लागि पहल गरेका कारण उनीहरु सक्रिय हुन परेको बताउँछन्।


'आन्तरिक मामिलामा पनि भारतले आफ्नो 'स्ट्यान्ड' लिन्छ जस्तो कि, अफ्रिकाको गैर स्वैत मुभमेन्ट। त्यसकारण यसमा राष्ट्रपति ओवामा किन सहभागी नहुने? जे भएपनि राजनाथ सिंह अमेरिमा एउटा इस्यू लिएर आएका छन्, मोदीका लागि भीसाको भिक्षा मागिरहेका छन्,' इन्डियन माइनोरिटी एड्भोकेसी नेटवर्कका शिख उविदले भने।

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...