8 Kartik, 2071 |
Menu

विश्व

वायु प्रदुषणले वर्षमा २० लाखको जान्छ ज्यान

(0 votes)
वायु प्रदुषणले वर्षमा २० लाखको जान्छ ज्यान
न्युयोर्क - वायु प्रदुषणका कारण वर्षेनी २० लाखको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनले वायु प्रदुषणका कारण फोक्सो र अन्य समस्याले ग्रसित हुँदै मानिसहरुको मृत्यु हुने गरेको देखाएको हो।
फोक्सोसँगै मुटु र कलेजोमा क्यान्सरसमेत खराव हावाका कारण हुने गरेको हो। अल्पआयुमा नै मानिसको ज्यान जाने यस्तो परिस्थितको निर्माण मानिस आफैले गरेको पनि अध्ययनले दावी गरेको छ।
ओजन तहकै कारण हरेक वर्ष ४ लाख ७० हजारले ज्यान गुम्ने गरेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ। अर्को महत्त्वपूर्ण तथ्य के हो भने यसरी वायु प्रदुषणको चपेटामा परेर ज्यान गुमाउनेमा पूर्वी र दक्षिण एसियाली मुलुकका मानिस धेरै छन्। युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका सह प्राध्यापक ज्यासन वेस्टले भने, 'वायु प्रदुषण एउटा महत्त्वपूर्ण समस्या बनेको छ। मानव स्वास्थ्यका लागि यो ज्यादै घातक विषय हो।'
इन्भायरोमेन्ट साइन्सका यी प्राध्यापकले वातावरण विनास हुन रोक्ने हो भने यो मृत्यु दरलाई कम गराउन सकिने दावी गरेका छन् ।
केही अध्ययनहरुले जलवायु परिवर्तनले वायु प्रदुषणमा सबैभन्दा खतरनाक भूमिका निर्वाह गरिरहेको देखाएको छ। तर यो अध्ययनले जलवायु परिवर्तनले वायु प्रदुषणबाट हुने मृत्युमा ज्यादै न्यून भूमिका खेलेको देखाएको छ।
यो अध्ययन जुलाई १२ को जर्नल इन्भायरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित हुँदैछ।
‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।