Friday 16 Magh, 2071 |
Menu

विश्व

HUB

१ करोड आप्रवासीलाई नागरिकता दिने विधेयक अमेरिकी सिनेटले पारित गर्‍यो

  • शुक्रबार १४ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
न्युयोर्क — एक करोड गैरकानुनी आप्रवासीलाई नागरिकता दिने एवं एच वान भिसामा ब्यापक वृद्धि गर्ने एक विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले पारित गरेको छ। अमेरिकी आप्रवस कानुनमा व्यापक परिवर्तन गर्ने यो विधेयकमाथि राष्ट्रपति बारक ओबामको पूर्ण समर्थन छ।
रिपब्लिकनको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभले पारित गरेपछि कानुन बन्ने यो विधेयकलाई सिनेटमा ४ डेमोक्रेट तथा ४ रिपब्लिकन सिनेटरले पेश गरेका थिए।

सिनेटले पारित गरेको विधेयकले अमेरिकामा बस्दै आएका १ करोड १० लाख गैरकानुनी आप्रवासीलाई नागरिकता दिने १३ वर्षे मार्गचित्र प्रस्तुत गरेको छ।

गैरकानुनी रुपमा बस्नेहरुमा भिसा मिति सकिएपछि अमेरिकामै बस्ने तथा मेक्सिकोबाट लुकीछिपी अमेरिका प्रवेश गर्नेहरु छन्।

विधेयकअनुसार यसरी गैरकानुनी रुपमा बसिरहेकाहरुलाई एक प्रमाणपत्र दिइनेछ त्यही प्रमाणपत्र देखाएर उनीहरुले तत्काललाई कानुनी रुपमा काम खोज्न सक्नेछन्।
मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

बेइजिङ– चीनको राजधानी बेइजिङमा शनिबार १२ सय किलोमिटर टाढाबाट खानेपानी आपूर्ति हुन थालेको छ। मध्यचीनमा निर्माण गरिएको विशाल बाँधमा पानी जम्मा गरी बेइजिङसम्म खानेपानी आपूर्ति गर्न थालिएको हो। राजधानी बेइजिङले शनिबार...