Tuesday 22 Baishak, 2072 |
Menu

विश्व

sagoon

८२ वर्षीय मुर्डोकले ४४ वर्षीया वेडीसँग सम्बन्ध विच्छेद गर्दै

(0 votes)
८२ वर्षीय मुर्डोकले ४४ वर्षीया वेडीसँग सम्बन्ध विच्छेद गर्दै
एजेन्सी- मिडिया कम्पनी न्युज करर्पोरेशनका मालिक रुपर्ट मुर्डोकले श्रीमती वेडी डेगसँगको सम्बन्ध तोड्ने भएका छन्। उनले सम्बन्ध विच्छेदका लागि निविदेनसमेत पेस गरेको उनको कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

मुर्डोक र बे‌डीको विवाह सन् १९९९ मा भएको थियो। उनीहरुका दुई सन्तान छन्। मार्डोक दम्पत्तिले सम्बन्ध विच्छेदका लागि न्यूयोर्कको एक उच्च अदालतमा निवेदन दिएका छन्। 

मुर्डोकको कम्पनी फोन ह्याकिङको मुद्दामा मुछिएपछि सन् २०११ मा वेडी चर्चाको शिखरमा थिइन्। ह्याकिङसम्बन्धी मुद्दा अदालतमा सुनुवाइ भइरहेका बेला मार्डोकलाई आक्रमण गर्न खोज्दा वेडीले पतिलाई बचाएकी थिइन्। 
८२ वर्षीया मुर्डोकको ४४ वर्षीया वेडीसँग सन् १९९७ मा भेट भएको थियो। त्यसको दुई वर्षपछि उनीहरु वैवाहिक बन्धनमा बाँधिएका थिए। चिनिया मूलकी वेडी डेग मुर्डोककी तेस्री पत्‍नी हुन्। 

सम्बन्धमा चिसोपन

न्यूयोर्क टाइम्सका पत्रकार एमी चोजिकले ट्विटमा भनेका छन्- 'सम्बन्ध विच्छेदका लागि दिइएको निवेदनमा उनीहरुको वैवाहिक सम्बन्ध मिलाउनै नसकिनेगरी चिसोपन देखिएको छ।'
मुर्डोकले दोस्रो पत्‍नीसँग सम्बन्ध विच्छेद गर्दा १.७ करोड डलर क्षतिपूर्ति तिरेको थियो। उनीहरुबीच विवाहपूर्व नै सन्तानको नाममा सेयर राख्‍ने सम्झौता भएको थियो। जसअनुसार दुई सन्तानका नाममा कम्पनीको सेयर राखिएको छ। ४४ वर्षीया वेडी मुर्डोकभन्दा ३८ वर्ष कान्छी छन्। उनले येल युनिभर्सिटीबाट ध्यान पूरा गरेकी छन्। उनले मुर्डोकको स्टार टिभीका लागि हङ्कङमा काम गर्थिन्। वेडीले मुर्डोकको सञ्चार व्यवसायमा महत्वपूर्ण भूमिका खेल्दै आएकी थिइन्।
अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...