Thursday 19 Chaitra, 2071 |
Menu

विश्व

यी हुन विश्‍वका प्रभावशाली महिला : फोब्स

(0 votes)
यी हुन विश्‍वका प्रभावशाली महिला : फोब्स
न्युयोर्क- जर्मन चान्सलर एन्जेला मार्केल विश्व कै शक्तिशाली महिला रहेको फोब्सले जनाएको छ। सन् २०१३ का विश्व का १०० प्रमुख शक्तिशाली महिलाको सूचीमा उनी अग्रस्थानमा छिन्। विश्वनमा प्रभावशाली भूमिका निर्वाह गरिरहेका राजनीतिक र व्यवसायिक क्षेत्रका महिलाहरु सूची फोब्सले सार्वजनिक गरेको हो। 
राजनीतिक र आर्थिक क्षेत्रमा प्रभावशालीहरुले नै यो सूचीमा उत्कृष्ट स्थान ओगटेका छन्। मुलुकको आर्थिक अवस्थालाई सुधार ल्याउन प्रमुख भूमिका खेलका कारण पनि मार्केल पहिलो स्थानमा रहन सकेकी फोब्सले जनाएको छ।
दोस्रो शक्तिशालीको सूचीमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ परेकी छिन्। ६५ वर्षीय उनी राजनीतिक र आर्थिक दुबै हिसाबले विश्व्का शक्तिशालीको दोस्रो स्थानमा रहेकी हुन्।
तेस्रो स्थानमा अमेरिकी समाजसेवी मिलेन्ड गेट्स रहेकी छिन् भने अमेरिकी फस्ट लेडी मिखेल ओवामा चौथो स्थानमा रहेकी छिन्। पाँचौ स्थानमा हिलारी क्लिन्टन छिन।
छैटौं स्थानमा फेसबुककी प्रमुख कार्यकारी अधिकृत सेरली स्यान्डवर्ग रहेकी छिन्। फेसबुक विश्व कै नम्बर १ सामाजिक सञ्जाल हो।
अन्तराष्ट्रिय मुद्रा कोशकी प्रवन्ध निर्देशक क्रिस्टिना लेगार्ड सातौ स्थानमा छिन् भने अमेरिकी जानेट नेपोलिटानो आठौं स्थानमा छिन्। भारती नेशन कङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धी नवौ स्थानमा छिन्।
पेप्सिको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोयी दसौं स्थानमा छिन्। दक्षिण कोरियाकी राष्ट्रपति गुइ हे पार्क एघारौं स्थानमा छिन् भने आइबीएमकी प्रमुख कार्यकारी अधिकृत भर्जिनिया रोमिटी १२ औं स्थानमा छिन्।
बेलायतकी महारानी एलिजवेथ द्वितीय भने यो सूचीको ४० औं स्थानमा छिन्। संगीत क्षेत्रमा चर्चित लेडी गागा ४५ औं स्थानमा छिन्। २७ वर्षकी उनी कम उमेरका शक्तिशालीमा पर्छिन्। संगीत क्षेत्रकै साकिरा ५२ औं स्थानमा छिन्।
सयौं स्थानमा भने चीनकी लिन योङ परेकी छिन् उनी सन मिडिया ग्रुपकी लगानीकर्ता हुन्।
बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...