Wednesday 27 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

सुशीलको शान्त महाप्रस्थान

(0 votes)
पूर्वप्रधान मन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालाको मंगलबार मध्यरातमा एउटा शान्त सन्यासीको जस्तो देहत्याग भयो । नेपालको इतिहासमा मूलधारको राजनीति गरेका तथा उच्च पदमा पुगेका कसैको पनि यति शान्त मृत्यु देख्न पाइएको छैन।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
जीवनको अन्तिम स्वास लिँदै गर्दा न त उनका वरिपरि चिकित्सकहरू नै थिए न त शुभेच्छुक वा पार्टी कार्यकर्ताको भीड नै ! यतिसम्म कि सञ्चारमाध्यमले पनि उनको निधनको समाचार घन्टौँपछि पाए । सादा जीवनशैलीका अनुयायी सुशीलको महाप्रस्थान पनि अत्यन्त 'सादा' हुन पुगेको छ । उनको जीवनशैली, निष्ठा, अडान र त्यागको स्मरण नेपाली राजनीतिमा अनन्तकालसम्म हुने विश्वास गर्न सकिन्छ ।

नेपाली समाजमा सनातनदेखि नै एउटा अनुकरणीय परम्परा कायम छ । मान्छे जतिसुकै खराब भए पनि मृत्युपश्चात् उसका गुणमात्रै सम्झने । तर, सुशीलका हकमा त्यो किञ्चित लागु हुँदैन । उनले आफूसम्बद्ध दल नेपाली कांग्रेसमात्र होइन आमजनताका लागि अविस्मरणीय गुन लगाएका छन् । नेपाली जनता दशकौँदेखि आफूद्वारा चुनिएका प्रतिनिधिमार्फत् संविधान लेखियोस् भन्ने चाहन्थे । त्यस्तो संविधानले आफूमाथि शासन गरोस् भन्ने जनचाहना उनै सुशीलका समयमा साकार भएको छ । उनी प्रधान मन्त्री छँदा गत असोज ३ गते अनेक व्यवधानका बीच नेपालले नयाँ संविधान पाएको हो । देशले उनको अभिभाकत्व नपाएको भए संविधान जारी हुन गाह्रो थियो । यद्यपि, उक्त संविधान जारी भएपछि मुलुकका केही स्थानमा राजनीतिका नाममा अनेक वितण्डा मच्चिएका छन्, तर त्यही संविधानमा टेकेर यो देश र देशबासिको उन्नति गर्न सकिने प्रशस्त सम्भावना छन् । देशले लामो समयदेखि प्रतीक्षा गरेको संविधान पाउनु चानचुने कुरा होइन, त्यस्तो ऐतिहासिक काम गर्न सुशील सफल भएका छन् । भ्रष्टाचारका कारण मुलुकको अवस्था जर्जर बनेको छ, उनको पार्टी कांग्रेसभित्रै भ्रष्टाचार मौलाएको आरोप बेखाबखत लागिरहन्छ । तर, सुशीलले अनियमितता गर्ने जोकोहीलाई आफ्नो नजिक पर्नै दिएनन्, 'भ्रष्टाचार' शब्द उनले कहिल्यै सुन्न चाहेनन् । मन्त्रिपरिषद्ले ५ हजार रुपैयाँभन्दा माथिको रकम खर्च गरेको हरहिसाब वेबसाइटमा राख्नुपर्ने नियम उनैले बसाए । उनले बसाएको यो थितिलाई निरन्तरता दिन सक्दामात्रै पनि अनियमितता यतिविधि मौलाउन पाउँदैनथ्यो ।

पहिलो संविधान सभा निर्वाचन (२०६४)मा दोस्रो स्थानमा खुम्चिएको नेपाली कांग्रेसले दोस्रो संविधान सभामा पहिलो बन्ने अवसर पायो । यसको श्रेय पनि पार्टी सभापति भएका कारण उनै सुशीललाई जान्छ। आफूलाई मात्र लोकतान्त्रिक पार्टी ठान्ने कांग्रेसको आन्तरिक लोकतन्त्र भने कमजोर हुँदै गएको सर्वत्र महसुस गरिएको हो । पार्टी विधान नै संशोधन गरेर पदासीन भइरहने प्रवृत्ति कांग्रेसमा बलियो भएको थियो । तर, सुशीलले त्यो परम्परा भत्काउँदै पार्टीलाई विधि–विधानअनुरूप चलाउने भरमग्दुर प्रयत्न गरिरहे । देशले नयाँ संविधान पाएपछि प्रधान मन्त्रीको कुर्सीमा नबस्ने आफ्नो पूर्वघोषणालाई उनले मूर्तरूप दिए । त्यसपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री बन्ने बाटो खुलेको हो । उनी कहिल्यै पदलोलुप भएनन् । गिरिजाप्रसाद कोइराला पार्टी सभापति तथा पटक पटक देशको प्रधान मन्त्री हुँदा महŒवपूर्ण मन्त्रालय सम्हाल्न भनिएको थियो । तर, उनले आफू पार्टीलाई मजबुत पार्नतिर लाग्नुपर्ने भन्दै पदमा जाँदै गएनन् । पदमा पुग्न जस्तोसुकै सम्झौता गर्ने र आफ्नो व्यक्तित्व नै लिलाम गर्नसमेत पछि नपर्ने नेपाली राजनीतिक दुनियाँमा सुशीलको त्यागलाई अविश्मरणीय मान्नुपर्छ ।

कांग्रेस यतिखेर १३आँै महाधिवेशनको संघारमा छ । सुशीललगायतका अन्य केही नेता सभापतिका प्रत्यासी रहेको अड्कलबाजी र प्रचारबाजी चलिरहेका समयमा उनको निधन भएको छ । देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएका कारण कांग्रेसका क्रियाकलापबारे आमजनता सधैँ चनाखो रहँदै आएका छन् । साँच्चै कांग्रेसले आफूलाई जनप्रिय पार्टी बनाउने हो भने यो महाधिवेशनमार्फत् जनताको जीविकाबारे बहस चलाउनुपर्छ । अब अति भो राजनीतिका नाममा जनताले पाएको दुःख ! यसको अन्त्य जरुरी छ । यसका निम्ति पनि कांग्रेस पार्टी नेतृत्व कम्तीमा सुशीलजस्तै निष्ठावान, सदाचारी र समर्पणभाव भएका नेताका हातमा जानुपर्छ । यति गर्न सक्दा सुशील कोइरालामाथि सच्चा श्रद्धाञ्जली हुनेछ । निष्ठावान् र सादा जीवनशैलीका शीर्ष नेता सुशीलप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...