Tuesday 26 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

ठोस निर्णयतर्फ सरकार-मोर्चा वार्ता

(0 votes)
काठमाडौं— मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारी पक्ष र मोर्चाद्वारा गठित कार्यदलको बैठक शुक्रबार बसेको छ। साढे पाँच बजेदेखि अढाई घन्टासम्म चलेको बैठक ठोस निर्णयतर्फ अघि बढेको बैठकमा सहभागी दुवै पक्षका नेताहरुले बताएका छन्।

nepalipatro-nagarik

मोर्चाको कार्यदल समक्ष सरकारी कार्यदलले आधिकारिक रुपमा आफ्नो धारणा पेश गरेको छ।

बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष एवं मोर्चा कार्यदलका सदस्य रामनरेश रायका अनुसार मोर्चाले अघि सारेका ११ बुँदा केन्द्रित छलफल भएको छ। '११ बुँदामध्ये कुन कुन मुद्दा कन्सिडर सकिन्छ भनेर मोर्चाका नेताले आफ्ना शीष नेतासँग छलफल गर्ने र मुख्य दलका कार्यदल सदस्यले कुन कुन कुरामा सहमतिमा पुग्न सकिन्छ भनेर शीर्ष नेतृत्वसँग छलफल गर्ने सहमति भएको छ।' रायले भने, 'मोर्चा र तीनदलको कार्य दल भोली फेरी सुझाव सहित बैठक बस्दै छ।'

मोर्चाका मागबारे मुख्य तीन दल सकारात्मक रुपमा पेश भएकाले चाँडै निकास निस्कन सक्ने उनले जनाए।

कार्यदलको बैठक भोलि १ वा ३ बजे राज्य व्यवस्था समितिकै हलमा बस्ने सहमति भएको छ। सो बैठक अगावै कार्यदल सदस्यहरुले आ आफ्नो पक्षका शीर्ष नेतासँग छलफल गर्नेछन्।

बैठकमा सहभागी सरकरी कार्यदल सदस्य कृष्णबहादुर महराले मोर्चाका ११ बुँदे मागबारे सरकारको धारणा पेश गरेको बताए। अत्यन्त सौहार्दपूर्ण रुपमा वार्ता अघि बढेको उल्लेख गर्दै उनले भने, 'तीन दलको आसय ठोस निर्णय होस् भन्ने थियो। त्यो हामीले सुनायौं।'

बैठकमा सहभागी मोर्चाका नेता हृदयेश त्रिपाठीले माघ पाँच गते अगाडि नै ठोस निर्णयमा पुग्ने सम्भावना न्युन रहेको जानकारी दिए। बैठक सकारात्मक भएको कांग्रेस नेता तथा कार्यदल सदस्य महेस आचार्यले बताए। उनले भने, 'खास कुनै निर्णय नभए पनि बैठक सकारात्मक भयो।'

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...