काठमाडौँ, भदौ ८ (नागरिक)- नेपालमा विमान दुर्घटना भएर १४ जनाको मृत्यु भएकै दिन चीनको हेइलङजियाङ प्रान्तमा ९६ यात्रु बोकेको विमान दुर्घटना भएको छ। हेनान एअरलाइन्सको सो विमान यिचुन सहरको लिन्डु विमानस्थल नजिकै स्थानीय समय अनुसार राति १० बजेर १० मिनेट जाँदा दुर्घटना भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।