Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

प्रविधि

माइक्रोसफ्टले फेरि ल्यायो आइप्याडविरोधी विज्ञापन (भिडियो सहित)

  • सोमबार ७ श्रावण, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
माइक्रोसफ्टले फेरि ल्यायो आइप्याडविरोधी विज्ञापन (भिडियो सहित)
माइक्रोसफ्टले फेरि पटक आइप्याडविरोधी विज्ञापन सार्वजनिक गरेको छ। नयाँ विज्ञापनमा आइप्याडको युएसबी पोर्ट नभएको पक्षलाई प्रहार गरिएको छ भने माइक्रोसफ्ट ट्याब्लेट सर्फेस आरटीको किबोर्ड तथा स्ट्याण्डलाई 'हाइलाइट' गरिएको छ। विज्ञापनमा आइप्याडको नलेज नेभिगेटर सिरीको आवाजमार्फत् नै आइप्याडलाई होच्याइएको छ। 'प्रिय, मलाई थोरै सहयोग चाहिएको छ', सिरीले नै भन्छ- 'मलाई माफ गर मसँग युएसबी पोर्ट नै छैन।'

माइक्रोसफ्टले ३२ जिबीको सर्फेस आरटीको उपभोक्ता मूल्य ५९९ अमेरिकी डलरबाट ३४९ मा झारेको एक हप्तापछि यस्तो विज्ञापन ल्याएको हो।

माइक्रोसफ्टले आइप्याड विरोधी विज्ञापन बनाउन कार्यमा निकै अगाडि बढिसकेको छ। यो पटक भने पनि आइप्याडका कमजोरी पछ्‌याउँदै उसले टिभी कमर्सियल बनायो। यस अघिको विज्ञापनमा आइप्याडको पर्फर्मेन्समाथि प्रश्न गर्दै माइक्रोसफ्टले प्रहार गरेको थियो। मल्टिपल एप एकै साथ रन गर्न आइप्याड सक्षम नभएको र विन्डोज ८ मा त्यो क्षमता रहेको माइक्रोसफ्टको विज्ञापनमा थियो। पहिलाका विज्ञापनमा आइप्याडको मूल्यलाई आधार बनाएर प्रहार गर्ने गर्थ्यो।

यो पनि पढ्नुहोस्
माइक्रोसफ्टले बनायो आइप्याड विरोधी विज्ञापन

भिडियो

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...