6 Baishak, 2071 |
Menu

प्रविधि

चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !

  • ५ श्रावण, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !
मंगलग्रहमा ४ अर्ब वर्ष पहिला नै जीवनको रहेको हुन सक्ने पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको क्युरियोसिटी रोबर्टले पठाएका पछिल्ला तथ्यहरुको आधारमा यसको अनुमान गरिएको हो। क्युरियोसिटी मंगल ग्रहमा पुगेको करिब एक वर्ष भएको छ।
यो बीचमा क्युरियोसिटीले जुन तथ्य पठाएको छ तिनीहरु हेर्दा यो रातो ग्रहमा ४ अर्ब वर्ष पहिले नै जीवनका लागि चाहिने पानी, वायुमण्डल थियो भन्ने अनुमान लगाउन सकिने अमेरिकाबाट निस्कने विज्ञान जर्नलले जनाएको छ। 

मंगल ग्रहको वायुमण्डलको विस्तृत अध्यानपछि ४ अर्ब वर्ष पहिला मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा फरक नभएको विज्ञान जर्नलमा प्रकाशित शोधपत्रमा भनिएको छ। यो नयाँ नतिजाबाट यहाँको सतहमा आद्रता रहेको र पानी पनि भएको भन्ने भनाईलाई बल पुगेको छ। तर अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि मंगल ग्रहमा कुन प्रकारको जीवन थियो वा थिदैँ थिएन।
खुला विश्वविद्यालयका मोनिका ग्रेडीले पछिल्ला तथ्यहरुको आधारमा मंगल ग्रहमा वायुमण्डल र पानीको कति धेरै क्षति भएको छ, त्यो समयमा मंगलको वायुमण्डल कस्तो रहेको थियो र त्यो समय मंगलमा जीवन सम्भव रहेको थियो भन्ने अनुमान गर्न सकिने बताउँछिन्। 
समयसँगै मंगल ग्रहको चुम्वकीय क्षेत्र र वायुमण्डल नष्ट भयो र यो एक सुख्खा निर्जन ग्रहमा बलिएको सम्भावना पछिल्ला तथ्यहरुले देखाएको छ। 
क्युरियोसिटी रोबर्ट अघिल्लो वर्ष ६ अगष्टमा मंगल ग्रहमा पुगेको थियो। २६ नोभेम्बर २०११ मा यो यानले अन्तरिक्ष छोडेर करिब २४ हजार करोड माइलको दुरी तय गर्दै मंगल ग्रहमा पुगेको थियो। 
परमाणु इन्धनबाट चल्ने यो क्युरियोसिटी अभियानको लागत करिब २.५ अबर डलर रहेको छ। यसबाट प्राप्त भएका जानकारी मंगल ग्रहको इतिहास जान्नको लागि सबैभन्दा महत्वपूर्ण हुन सक्ने बताइएको छ। 

रोवर्ट अनुसन्धानका तीन चरण छन्। पहिलो मंगल ग्रहमा प्रवेश, दोस्रो सतहमामा जाने र तेस्रो जमिनमा उत्रने। यो रोबर्टको तौल ९ सय किलो छ।
अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।