Sunday 6 Poush, 2071 |
Menu

प्रविधि

ट्विटरले प्रयोगकर्ताका डाटा फ्रान्सलाई दियो

  • आइतबार ३० असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
ट्विटरले प्रयोगकर्ताका डाटा फ्रान्सलाई दियो
सामाजिक सञ्जालका प्रयोगकर्तालाई कानुनको दायरामा ल्याउने प्रक्रियाले नयाँ बहसको थालनी गर्दैछ। फेसबुक र ट्विटर आफ्ना प्रयोगकर्ताको सम्पूर्ण डाटा सरकारी अधिकारीलाई बुझाइ दिन फूर्तिलो देखिँदैछन्। तर यसो गर्नु गोपनियताको हनन् हो वा हैन? एक महिना लामो विश्वव्यापी बहसपछि ट्विटरले आफ्ना केही प्रयोगकर्ताको विवरण फ्रान्स सरकारलाई हस्तान्तरण गरेको छ। जातीय घृणा फेलाउने ट्विट प्रयोगर्कतालाई पहिचान गरी कारवाही अघि बढाउन ट्विटरले फ्रान्सलाई प्रयोगकर्ताको 'डिट्यल्स' बुझाएको हो।
फ्रान्सको एक न्यायलयले ट्विटरलाई डाटा उपलब्ध गराउन गत जनवरीमा आदेश दिएको थियो। फ्रान्स युनियन अफ जुइस स्टुडेण्ट्स (युइजेएफ) सहित अन्य ४ जातीयघृणाविरोधी समूहको रिटमा फ्रान्सको पुनरावेदन अदालतले जातीय घृणाविरुद्ध कारवाही अघि बढाउन डाटा उपलब्ध गराउन ट्विटरलाई भनेको थियो। अदालत आदेश आएको ७ महिनापछि ट्विटरले एक विज्ञप्ति निकाल्दै न्यायियक निकायलाई 'केही प्रयोगकर्ताको परिचय थाहा पाउन' सूचना दिएको पुष्टि गरेको छ।

युइजेएफले अदालतको आदेशको पालना नगरेको भन्दै ट्विटर र ट्विटर सिइओ डिक कोस्टोलोविरुद्ध ५० मिलियन युरो क्षतिपूर्ति माग दाबी गर्दै नागरिक बहस चलाउँदै आएको अवस्थामा ट्विटरले डाटा हस्तान्तरण गरेको हो। सामाजिक सञ्जालबाट जातीय घृणा फैलाउने काम बढ्न थालेपछि त्यसविरुद्ध काम गरिरहेका संस्थाहरुले प्रयोगकर्ताको विवरण दिन ट्विटरलाई दवाब दिँदै आएका थिए। 'जातीय घृणाविरुद्धको संघर्षमा यो ठूलो विजय हो', ट्विटरको निर्णयप्रति युइजेएफका अध्यक्षले प्रतिक्रिया दिँदै भने- 'इन्टरनेटमा हुने दण्डहीनताविरुद्ध यो महत्वपूर्ण कदम हो।'

ट्विटरको कदमले इन्टरनेटमा तपाइँलाई जे पायो त्यही गर्ने छुट नभएको स्पष्ट पारेको छ। 'तपाइँ ट्विटर प्रयोग गरेर जातीय घृणा फैलाउनुहुन्छ भने कारवाही भागिदार बन्नुपर्नेछ', युइजेएफका कानुन अधिकृतले भनेका छन्।

गत अक्टोबरमा जर्मनीको नियो नाजी ग्रुपलाई ट्विटरले सस्पेन्ड गरेको थियो। जातीय घृणा फैलाउन मद्दत गरेको भन्दै बर्लिन सरकारले उजुरी गरेपछि ट्विटरले सो ग्रुपविरुद्ध कारवाही गरेको थियो। अमेरिकी कम्पनीले नीति नै बनाएर अर्को देशलाई प्रयोगकर्ताको विवरण बुझाएको भने यो पहिलो पटक हो।