Monday 8 Mangshir, 2071 |
Menu

प्रविधि

कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती

  • आइतबार ३० असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती
ट्याब्लेट बढ्दो प्रयोगले पर्सनल कम्प्यूटर (पिसी) बिक्रीमा मन्दी आएको छ। कम्प्यूटर बिक्रीको इतिहासमा सबै भन्दा बढी मन्दी आएको समय भएको यस क्षेत्रका शाध स‌स्थाहरुले बताएका छन्। अनुसन्धान संस्था गार्टनरले यो वर्ष कुल सात करोड ६० लाख पर्सनल कम्प्यूटर बिक्री भएको बताएको छ। यो पछिल्ला बर्षको तुलनामा १०.८ प्रतिशतले कम हो।
ट्याब्लेट र स्मार्टफोनको लोकप्रियता बढ्दै गएपछि पीसीको बिक्रीमा नराम्रोसँग गिरावट आएको अनुसन्धान संस्था गार्टरले औंल्याएको छ। 'सस्तो मुल्यमा बजारमा पाइने ट्याब्लेटसले पीसीको बिक्रीलाई अझ गिराइदिएका छन्', उसले भनेको छ।

उदाउँदो अर्थतन्त्र भएका मुलुकका मान्छेबीच कम मूल्यका ट्याब्लेट लोकप्रिय रहेको गार्टनरका मुख्य विश्लेषक मिकाको किटागावा बताए। अर्को एउटा अनुसन्धान संस्था आइडीसीले निकालेको प्रतिवेदनले पनि पछिल्लो वर्षको तुलनामा पिसीको मागमा गिरावट आएको देखाएको छ। आइडिसीका अनुसार पिसीको माग ११.४ प्रतिशतले घटेको छ।

'पीसीको बिक्रीलाई सुधार गर्न थुप्रै चुनौतीहरु छन्', अनुसन्धान संस्थाहरुले भनेका छन्- 'अहिलेको अवस्थालाई बदल्नको धरै काम गर्न बाँकी छन्।'

आइडीसीका विश्लेषक चाउले यूरोप र चीनको बजारले चुनौती देखाएको बताए। अमेरिकामा भने स्थिति त्यति नकारत्मक छैन। तर उदाउँदो बजारमा जुन प्रकारको कमजोरी देखिएको छ यसले लामो समयपछि हुने वृद्धिमा खतरा उत्पन्न हुने उनको भनाइ छ।

'मुल्यमा कम गर्ने र टच कम्प्यूटर सिस्टम बनाउने हो भने पीसीले अरु धेरै आकर्षण गर्न सक्ने छ', चाउले भने- 'यसको उत्पादनलाई आकर्षक बनाउन सक्ने हो भने ट्याब्लेट्स जस्ता उत्पादनले ल्याउने खतरारा बाट बच्च सकिन्छ।'