15 Kartik, 2071 |
Menu

प्रविधि

४१ मेगापिक्सेलको नोकिया लुमिया १०२०

  • शुक्रबार २८ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
४१ मेगापिक्सेलको नोकिया लुमिया १०२०
एक बेलाको मोबाइल बजारको बादशाह नोकिया स्मार्टफोन बजारमा दह्रो उपस्थिति जनाउने दाउमा छ। ४१ मेगापिक्सलको क्यामेरा सहितको नयाँ स्मार्टफोन लुमिया १०२० बजारमा ल्याउने घोषणा गर्दै नोकियाले आफूलाई सामसङ र एप्पलकै लाइनमा उभ्याउने तयारी गरेको छ। यसभन्दा अगाडि कसैले नसोचेको स्मार्टफोन आफूहरुले ल्याउन लागेको नोकियाको दाबी छ। यसले अन्य स्मार्टफोनको भन्दा असाध्यै राम्रो पिक्सलको तस्बिर लिन सकिनेछ।

'अब उपभोक्ताले तस्बिरको गुणस्तरबारे चिन्ता गरिरहनुपर्दैन। जुम नै नगरिकन तस्बिरको रिफ्रेम गर्न सकिनेछ', नोकियाले भनेको छ। यस क्यामराको परीक्षण गर्ने विश्लेषकले भनेका छन्, 'अन्य स्मार्टफोनमा पाइने क्यामेराभन्दा यसको क्यामेरा निकै राम्रो छ। यसमा कुनै शंका गरिरहनु पर्दैन। तर यो नै सबैभन्दा बढी बिक्री हुन्छ भन्न सकिँदैन।' 


मार्केट रिसर्च कम्पनी आइडिसीले २५ देशमा यसको सर्वेक्षण गरेको थियो। जसमा उपभोक्ताले नयाँ स्मार्टफोनमा कस्ता कस्ता सुविधामा आकर्षित हुन्छन् भन्ने विषयलाई मुख्य आधार बनाइएको थियो। सर्वेक्षणले स्मार्टफोनको क्यामेरा रिजोल्यूशनले उपभोक्तालाई लोभ्याउने गरेको देखाएको थियो। स्मार्टफोनको अडियो क्वालिटी, ब्याट्री लाइफ, सुरक्षा र इन्टरनेट ब्राउजिङजस्ता फिचरहरु बारे समेत नोकियाले सर्वेक्षण गराएको थियो।

मोबाइल फोन विश्लेषक फ्रान्सीसको जेरोनिमोले बताएअनुसार धेरै मानिसहरु आफ्नो तस्बिर स्मार्ट फोनमै हेर्छन्। उनले भने, 'नोकियाका उपभोक्ताहरुका लागि कम उज्यालोमा पनि यो नयाँ फोनले राम्रो परिणाम दिन सक्छ भन्ने नोकियाले विश्वास दिलाउन सक्नुपर्छ। उपभोक्ताले यो स्मार्टफोनको विशेषता तब मात्र थाहा पाउने छन्, जतिबेला कुनै ठूलो स्क्रिनमा तस्बिरको 'जुमइन' गर्नेछन् वा आफ्ना फोटो सफा गर्नेछन्।' उनले थपे, 'यो सबैभन्दा राम्रो स्मार्टफोन हुन सक्छ। उपभोक्ताका लागि एन्ड्रोइड या आइओएस परिवर्तन गर्न यसले प्रेरित गर्न सक्छ।'

पछिल्लो तथ्यांकअनुसार विश्वमा कुल स्मार्टफोनका उपभोक्तामध्ये ९२ प्रतिशत एन्ड्रोइड वा आइओएसको प्रयोग गर्छन्। 


भिडियो

कस्तो छ लुमिया १०२०

नोकियाले अघिल्लो वर्ष लुमिया ८०८ मोडल बजारमा ल्याएको थियो। यसमा पुरानो सिम्बियन अपरेटिङ सिस्टम  थियो। यसका कारणले गर्दा यो फोनले उपभोक्तालाई लोभ्याउन सकेन।

 नोकियाको नयाँ सेटमा माइक्रोसफ्ट विन्डोजको प्रयोग गरिएको छ। लुमिया १०२० मा १ लाख ६० हजारभन्दा धेरै एप्लिसेन छन्। यो स्मार्टफोनमा ३८ मेगापिक्सलसम्म तस्बिर खिच्न सकिन्छ। यसबाट तस्बिरको 'ओवरसेम्पलिङ' गर्न पनि सकिन्छ। ओवरसेम्पलिङ'बाट धेरै पिक्सल भएको तस्बिरलाई घटाएर ५ मेगापिक्सल संस्करणमा बदल्न सकिन्छ। ती दुवै प्रकारका सम्पादित तस्बिरलाई सेभ गर्ने सुविधा पनि यो फोनमा छ। 

लुमिया १०२० ले राम्रो क्वालिटीको भिडियो रेकर्डिङ गर्न पनि सक्छ। यसको धेरै रिजोल्यूशनको कारण प्रयोगकर्ताले '१०८० पी'मा रेकर्डिङ गर्ने समय कुनै भिडियोको चार गुणा 'जुमइन' गर्न सक्छ भने '७२० पी'मा रेकर्डिङ गर्ने समय कुनै भिडियोको ६ गुणा जुमइन गर्न सकिन्छ। जुमइन गर्दा पनि भिडियोको गुणस्तर बिग्रने खतरा रहँदैन। 


लूमिया १०२० मा अप्टिकल इमेज स्टेब्लाइजेशनको पनि सुविधा छ। यसका लागि नोकियाले यसको लेन्स सिस्टममा वाल–वयरिङको प्रयोग गरेको छ। क्यामेरालाई हल्लिनबाट जोगाउन जाइरोस्कोप र मोटर्सको प्रयोग गरिएको छ। यो नयाँ स्मार्टफोनका लागि उपभोक्ताले आफ्नो खल्ती अलि ठूलै बनाउनुपर्ने हुन्छ। अमेरिकी बजारमा यसको मुल्य ३०० डलर पर्ने बताइएको छ। सीसीएस इनसाइट कन्सल्टेन्सीका अनुसन्धान प्रमुख बेन वुडले भनेका छन्, 'नोकिया लुमिया १०२० स्मार्टफोनको नयाँ पिढीमा अगुवा फोनको रुपमा प्रस्तुत गरेको छ।