6 Baishak, 2071 |
Menu

प्रविधि

मोबाइल चार्ज गर्ने हेडफोन आउँदै

  • शुक्रबार २८ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
मोबाइल चार्ज गर्ने हेडफोन आउँदै

ब्याट्री आयु छोटो हुँदा मोबाइल प्रयोगकर्ता दिक्क छन्। फोन निर्माताका लागि समेत टाउको दुःखाइको विषय बनिरहेको यो समस्यालाई समाधान गर्द एक जना स्कटिस अडियो इन्जिनयरले हेडफोन बनाएका छन्। एन्ड्रयु एन्डरसले सूर्य उर्जाबाट मोबाइल चार्ज गर्नसक्ने हेडफोन बनाएका हुन्। 'अनबीट' नामको यो हेडफोनलाई सार्वजनिक प्रयोगमा ल्याउन अहिले 'क्राउड फन्डिङ' साइट किकस्टार डट कमबाट पैसा संकलनको काम भइरहेको छ।

अनौठा र सिर्जनात्मक नयाँ कामका लागि पैसा संकलन गरिदिने किकस्टारमा बिहीबारसम्म १४ हजार २ सय ३० पाउण्ड जम्मा भइसकेको छ। अडियो इन्जिनियर एन्ड्रयुले आफ्नो अवधारणालाई व्यापारिक स्वरुपमा बदल्न २ लाख पाउण्ड लाग्ने बताएका छन्।

 

कसरी चार्ज गर्छ हेडफोनले ब्याट्री

हेडफोनको 'हेडबेन्ड'मा ०.५५ वाट क्षमताका सूर्यको उर्जा लिनसक्ने सेल लगाइएको छ। यसबाट प्राप्त उर्जालाई लिथियमका दुई साना ब्याट्रीले जोगाइराख्छन्। इयरप्याड भित्र रहने यी ब्याट्रीले हेडफोन सुनिरहँदा मोबाइल वा ट्याबलाई चार्ज गरिरहन्छन्। तर हेडफोन ज्याकमार्फत ब्याट्री चार्ज हुने भने हैन। युएसबी पोर्टमार्फत् कनेक्ट गरिएको हेडफोनले मोबाइल डिभाइसको ब्याट्री चार्ज गर्दछ। हेडफोनमा यो हेडफोनले आइफोन, सामसङ ग्यालेक्सी लगायतका स्मार्टफोनलाई सजिलै चार्ज गर्ने क्षमता राख्छन्। आम मान्छेका लागि उपयोगी यो हेडफोन कहिले बजारमा आउँछ त ? एन्डरसले मोबाइल तथा ट्याब चार्ज गर्नसक्ने यो हेडफोनलाई आगामी वर्षको सुरुवातदेखि नै बिक्रीका लागि उपलब्ध गराउने लक्ष्य लिएका छन्। बजारमा पठाउनु अघि हेडफोनको नयाँ डिजान बनाउने काम भइरहेको छ। 'यसमा केही सुधारको पनि जरुरी छ', उनले भने- 'हामी यसको डिजानलाई अझ राम्रो पार्दैछौं।'

सबैभन्दा महत्वपूर्ण कुरा लगानीको रहेको छ। 'अनबीट'लाई सर्वसाधारणसम्म अगस्ट ७ अगाडि २ लाख पाउण्ड जुटाइसक्नु पर्नेहुन्छ।
अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।