Sunday 7 Baishak, 2071 |
Menu

प्रविधि

अब स्मार्टफोनले देखाउँछ कारको बाटो

  • बिहीबार २७ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
तपाई कुनै नयाँ सडकमा सवारी हाँक्दै हुनुहुन्छ ? धेरै चिन्ता नगर्नुहोस्। सडकको सबै जानकारी तपाइँको गाडीको स्क्रिनमा नै आउँछ र तपाईको यात्रालाई सहज बनाउँ छ। स्याटेलाइट नेविगेशन कम्पनी गारमिनले कारको लागि एउटा सानो हेडअप डिस्पले (एचयूडी) बनाएको छ। यो डिभाइसले हरेक मोडको जानकारी गाडीको स्क्रिनमा देखाउनेछ। एचयूडीले बाटो खोज्नको लागि स्मार्टफोन वा गारमिनको एप्लीकेसनको सहयोग लिन्छ।
यो उपकरणले दिशा (तीरको इशाराले) दूरी, गति र अधिकतम गति सीमा स्क्रिनमा देखाउँछ। यो दिशासूचकले आवाजको पनि जानकारी दिनसक्छ। तर यसको लागि स्मार्टफोनको स्पिकर या कारको ब्लूटूथसँग जोडिएको स्पीकर आवश्यक पर्छ।

स्याटलाइट नेविगेशनसँग जोडिएको एप्लीकेसन आईफोनको आइओएस, एन्ड्रोइड वा विंन्डोज ८ फोनको लागि उपलब्ध छ । एचयूडीले राती र दिनको उज्यालोको हिसाब गर्दै जानकारी दिन्छ र प्रकाशलाई आफँै मिलाउँछ जसले गर्दा लोकेशन राम्रोसँग देखिन्छ।

सावरी साधनको अनुसन्धान गर्ने कम्पनी मिराले भविष्यमा एचयुडीलाई सवारी साधन टेक्नोलोजीमै एकीकृत गर्न सकिने बताएको छ। उसले भनेको छ कार निर्माता आफैँ अब यो काम गर्न लाग्दैछन्। तर यसमा समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी उनीहरु केही हच्किएका हुन्। 'स्मार्टफोन लगभग लगभग दिनदिनै बदलिँदै छन् र कारको नवीकरणको एउटा सीमा छ', मीराका एडवड्र्सले भने।

उनीहरुले भनेका छन् एचयूडी अब गाडीको सबैभन्दा महंगो मोडलमा मात्र होइन मध्यम स्तरका गाडीमा समेत उपलब्ध हुनेछ । कारमा अक्सर एचयूडी पहिले नै बनाइएको हुन्छ तर यसको अपडेट हुन पाएको छैन। स्क्रिनमा जानकारी देखाउने एचयूडी डिभाइसका कारण ध्यान भंग हुने शंका रहँदैन । किन भने यो उपकरणलाई हेर्नु नै सडक हेर्नु हुनेछ । गारमिनका अनुसार एचयूडीको मूल्य करिब १२ हजार नेपाली रुपैयाँ हुनेछ। गारमिन एप्लीकेसनसँग कनेक्सन रहेको क्षेत्रीय नक्सालाई करिब २८ सय नेपाली रुपैयाँ पर्नेछ ।
अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।