Friday 5 Baishak, 2071 |
Menu

प्रविधि

बाइबाइ गुगल रिडर

(0 votes)
बाइबाइ गुगल रिडर

क्यालिफोर्निया –  कन्टेन्ट एप्लिकेशन तथा प्लाटफर्म सेवा 'गुगल रिडर' सोमबारदेखि बन्द भएको छ। गुगलले मार्च १३ मा यो फिचर बन्द गर्ने घोषणापछि प्रशंसकले दुःख व्यक्त गरेका सूचना सर्च इन्जिन कम्पनीलाई पठाए पनि गुगलले रिडर बन्द गरेको हो। गुगलको अफिसियल ब्लगले यसको पुष्टि गरेको छ।

८ वर्षमा गुगल रिडर एउटा लोकप्रिय आरएसएस (रियली सिम्पल सिन्डिकेशन) रीडर बनेको थियो। आरएसएसले इन्टरनेटमा उपलब्ध धेरै सामग्रीलाई एउटा फिडमा जम्मा पारिदिन्छ। गुगल रिडर यसका लागि लोकप्रिय थियो।


हुन त गुगल आफ्ना सेवा बन्द गर्न कठोर निर्णय गर्ने इन्टरनेट कम्पनीको सूचिमै छ। सन् २००८ मा  'गुगल लाइभ्ली' बन्द गरेको थियो। यो थ्री डी एनिमेटेड च्याट एपको सेवालाई गुगलले ६ महिनामै बन्द गरेको थियो।


गुगलले निकै तामझामका साथ ल्याएको 'गुगल वेब्ली' पनि २०१० को अगस्टमा बन्द भइसकेको छ। यसमा इमेल, सोसल नेटवर्किङ, नेट इन्साइक्लोपेडिया तथा च्याटलाई एउटै प्लेटफर्ममा समेटिएको थियो। २०११ म जीमेलमा सुरु गरिएको 'बज' सेवा पनि भइसकेको छ। यो सेवामा गुगलले सोसल नेटवर्किङ तथा माइक्रोब्लगिङको सुविधा दिएको थियो। निकै कठोर निर्णय गर्दै प्रयोगकर्ताले रुचाएको 'गुगल टक'लाई समेत गुगलले बन्द गरिसकेको छ। गुगल टकलाई सन् २०१३ मा गुगल ह्याङ्गआउटले विस्थापित गरेको हो। सेवा बन्द गर्ने श्रृङ्खलाको पाँचौं नम्बरमा गुगल रिडर परेको हो।

कम प्रयोग मुख्य कारण

रिडर बन्द गर्नुमा खास कारण रहेको गुगलले खुलाएको छ। आफ्नो अफिसियल ब्लगमा गुगलले भनेको छ- 'रिडयरको प्रयोग कम भएको छ। हामी अन्य साना उत्पादनहरुमा ध्यान केन्द्रित गर्न चाहन्छौं।' रिडर प्रयोगकर्ताका लागि विकल्प खोज्न गुगलले तीन महिना अघि नै समय दिएको थियो। मार्च महिनामा गुगलले भनेको थियो- ‘यदि तपाइँले कुनै लेख अथवा अन्य कुनै सामग्री गुगल रिडरमा राख्नु भएको छ भने आगामी ३ महिनामा त्यसलाई सुरक्षित पारिसक्नुहोला।’ सन् २००५ मा गुगलले रिडर ल्याएको थियो।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...