Monday 8 Baishak, 2071 |
Menu

प्रविधि

'नेपालमै बन्नसक्छ स्मार्टफोन'

  • आइतबार १६ असार, २०७०
  • रामचन्द्र भट्ट
  • DISQUS_COMMENTS
(0 votes)
'नेपालमै बन्नसक्छ स्मार्टफोन'
क्यालिफोर्निया– नेपालमा उपलव्ध दक्ष र सस्तो इन्जिनियरिङ जनशक्तिलाई परिचालन गर्न सकेमा मोबाइल सेटको उत्पादन गर्न सकिने धारणा सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुले बताएका छन्। 'नेपालमा मोबाइल सेटको बजार बढ्दो क्रममा छ, त्यसो हुँदा नेपालमै स्मार्टफोनको उत्पादन गर्न सक्छौं,' इन्टेल कर्पोरेसनमा कार्यरत नेपाली इन्जिनियर प्रमोद पौडेलले भने । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) युएसए र अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले २५ देखि ४५ अमेरिकी डलरको लागतमा नेपालमै स्मार्टफोन बनाउन सकिने दावी गरे।
'वर्षेनी झण्डै पाँचहजार आइटी इन्जिनियरहरु नेपालका बिभिन्न कलेजहरुबाट उत्पादन भैरहेका छन्, तिनीहरुलाई उपयोग गरेर नेपालमै स्मार्टफोन उत्पादन गर्न सकिन्छ,' उनले भने। पौडेलले नेपाल सरकारले उपयुक्त वातावरण दिने हो भने देशमै स्मार्टफोन उत्पादन गरेर सस्तोमा बिक्री गर्न सकिने बताए।

विदेशी स्मार्टफोन कम्तिमा ७-८ हजार रुपैयाँ पर्नुका साथै नेपाली परिवेश अनुसारका एप्सहरु समेत उपलव्ध हुँदैनन्। त्यसो हुँदा नेपालको बजार ठूलो रहेकोले किसान, विद्यार्थी, शिक्षकका लागि उपयुक्त एप्सहरु विकास गर्न सकेमा मोबाइलको ठूलो बजार रहेको हुँदा त्यसतर्फ अघि बढ्न उनीहरुले औंल्याए।

अहिले नेपाली बजारमा ४८ प्रतिशत हिस्सा नोकियाको छ। त्यस्तै २५ प्रतिशत सामसङ, १० प्रतिशत एप्पल, ५ प्रतिशत एचटिसीको छ। बाँकी बजार सोनी, एलजी, व्ल्याकबेरी र चिनिया सेटले लिएका छन्।

उत्तरी छिमेकी चीन र दक्षिणको भारतबाट समेत नेपालले सिकेर स्थानीय परिवेश अनुसारका एप्लिकेसनहरु बनाउन सकेमा नेपालमा अझै पनि मोबाइलको ठूलो बजार रहेको विज्ञहरुले बताएका थिए । तर पटक पटक भैरहने बन्द हड्ताल, लोडसेडिङ, राजनीतिक अस्थिरताले गर्दा नेपालमै स्मार्टफोन उत्पादन गरेर देखाउन चाहने लगानीकर्ताहरु पछि हटेको विज्ञहरुले उल्लेख गरे।

भारतले चीनको हार्डवयर र एन्ड्रोइडको अपरेटिङ सिस्टमबाट स्मार्टफोनको क्षेत्रमा निकै ठूलो विकास गरेको छ। नेपालमा पनि प्राविधिक जनशक्ति, ठूलो बजार र खुल्ला सफ्टवयरको उपलव्धताले गर्दा स्मार्टफोनको क्षेत्रमा निकै ठूलो फड्को मार्नसक्ने संभावना रहेको विज्ञहरुको भनाइ थियो।

नेपालको सूचना प्रविधिको क्षेत्रमा रहेका समस्या र त्यसको समाधान गर्न अमेरिकाभरि रहेका इन्जिनियरहरुले शनिबार दिनभरि छलफल गरे। इन्टेलको प्रधान कार्यालय सान्टाक्लारामा आयोजित कार्यक्रममा बिभिन्न अमेरिकी आइटी कम्पनीहरुमा कार्यरतदेखि लिएर विश्वविद्यालययका प्राध्यापकहरुले नेपालको सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाए।

'समृद्ध जीवनको लागि इन्जिनियरिङ, विज्ञान तथा प्रविधि' विषयमा आयेजित कार्यक्रममा नेपाली इन्जिनियरहरुले २० वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए।

प्राकृतिक प्रकोपको समयमा सञ्चारको क्षेत्र तहस नहस हुनसक्ने भएकोले त्यसको लागि अहिलेदेखिनै तयार रहन प्राविधिहरुले ह्याम रेडियो लगायतका प्रविधि प्रयोगमा ल्याउन सुझाव दिएका छन्। पछिल्लो समयमा सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको फ्रिक्वेन्सी नीतिमा ह्याम रेडियोको लागि फ्रिक्वेन्सी व्यबस्था नगरेकोमा प्राविधिहरुले सरकारको त्रुटी औंल्याए।

कार्यक्रममा क्यान युएसएका अध्यक्ष आमोदकुमार पोखरेलले नेपाली इन्जिनियरहरुले संसारभरि बिभिन्न क्षेत्रमा प्रगति गरेर देखाएकोले नेपालमा सूचना प्रविधि, शिक्षा क्षेत्रमा गर्नसक्ने उल्लेख गरे। सूचना प्रविधिमा काम गर्ने जनशक्तिको उच्च मागलाई दृष्टिगत गरेर हालैमात्र २५ जना नेपालीलाई अमेरिकामै जाभा सफ्टवयर संबन्धि तालिम दिएको उनले जानकारी दिए।

उद्‌घाटन कार्यक्रममा क्यान युएसएका संस्थापक अध्यक्ष विनित शर्मा, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का संस्थापनक अध्यक्ष बिमल शर्मा, अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियरका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

कार्यक्रममा नेपालबाट विज्ञान तथा प्रविधि मन्त्रालयका कामु सचिव शंकर अधिकारीले स्काइपबाट शूभकामना व्यक्त गरेका थिए। उनले सूचना प्रविधि नीति र १० बर्षिय योजनालाई सरकारले कार्यान्वयन गरिरहेको चर्चा गरेका थिए। क्यानका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको आउटसोर्सिङका लागि तयार गर्नुपर्ने कार्यहरुका बारेमा कार्यदल गठन गरिएको र त्यसबाट यो क्षेत्र अझै व्यबस्थित हुने आशा राखे।

प्राकृतिक प्रकोपको समयमा सञ्चालनमा ल्याइने ह्याम रेडियोको पूर्वाधारका लागि सिस्कोका नेपाल प्रतिनिधि किशोर पन्थले १० हजार डलर दिने घोषणा गरे। ह्याम रेडियोको पूर्वाधार तयार गर्न ४० हजार डलर खर्च लाग्ने क्यान युएसएका कार्यसमिति सदस्य सुरेश ओझाले उल्लेख गरेका थिए। ह्याम रेडियोको पूर्वाधारका लागि नेपाली प्राविधिकहरुले समेत आवश्यक रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

भारत र चीन जस्ता सूचना प्रविधि क्षेत्रमा अग्रणी स्थान लिइरहेका मुलुकबाट नेपालले फाइदा लिनसक्ने भएकोले त्यसका लागि उचित वातावरण बनाउन विज्ञहरुले सुझाव दिएका थिए।

नेपालको टेलिमेडिसिन क्षेत्रको विकासका लागि समेत अमेरिकामा रहेका नेपाली प्राविधिकहरुले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।