Thursday 8 Shrawn, 2071 |
Menu

प्रविधि

चुनाव पहिले फेसबुकमा

  • १ असार, २०७०
  • मणि दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
चुनाव पहिले फेसबुकमा
काठमाडौं– संविधानसभा दोस्रो चुनाव घोषणालगत्तै देशमा चुनावी माहोल छाउने अपेक्षा सर्वत्र छ, जसको पहिलो रन्को सामाजिक सञ्जाल फेसबुकमा देख्न सकिन्छ।

अन्तरिम चुनावी सरकारले बिहीबारसाँझ मंसिर ४ गते चुनाव गराउने घोषणा गरेलगत्तै दलका नेताले फेसबुकमा पहिलो चुनावी भाषण गर्न थालेका छन्।
उनीहरुले नयाँ पुस्तासँग अन्तर्क्रिया गर्न एवं राजनीतिक, घटनाक्रम जनतासम्म सञ्चार गर्न फेसबुक र टि्वटर प्रयोग तीव्र पारेका हुन्। नेताहरूका विचार, सञ्जाल सदस्यका टिप्पणी, सदस्य–साथीका समर्थन र आक्रोशले सञ्जाल भरिने थालेका छन्।
सञ्जालको प्रयोगले चुनावको प्रचारप्रसार शैलीमा नयाँपन देखिनेछ।

यद्यपि, निर्वाचन आयोगले चुनाव प्रचारप्रसारबारे आचारसंहिता जारी गर्न बाँकी छ। यसम ासामाजिक सञ्जालको प्रयोग कुन हदमा गर्न पाइन्छ, त्यसले नै आगामी प्रभाव निर्क्याेल गर्नेछ। सञ्जालमा अहिलेसम्म नकारात्मक पक्षको स्थान बढी देखिन्छ।
सामाजिक सञ्जाल प्रयोग गर्नेमा बाबुराम भट्टराई अरूभन्दा अघि छन्। पहिले फेसबुकमा रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादी उपाध्यक्ष भट्टराई प्रधानमन्त्री रहँदैदेखि टि्वटरमा निकै छाउने गरेका छन्। चुनावको मिति घोषणापछि उनले दुइटा टि्वट गरे।
'सरकारले मंसिर ४ मा संविधानसभा निर्वाचन मिति घोषणा गरेको छ। अब सबै राजनीतिक दलको ध्यान निष्पक्ष तथा स्वतन्त्र निर्वाचन गराउनेमा ध्यान दिनुपर्छ। संविधानसभा २ चुनावको विकल्प छैन। यसको सम्भावनालाई शंका नगरौं। सबै राजनीतिक दल तथा नागरिक समाजले यसलाई सफल बनाउने दिशामा अघि बढ्नुपर्छ,' भट्टराईले टि्वट गरेका छन्।

चुनाव घोषणालगत्तै एमाले सचिव शंकर पोखरेलले आफ्नो फेसबुक पेजमा जापानी शैलीका कविता हाइकु पोस्ट गरे :
मंसिर ४ को चिनो क्यालेन्डरमा होला डिलिट।

माओवादी नेता देवेन्द्र पौडेलले चुनाव मिति घोषणा ढिलो भएकोमा फेसबुकमै गुनासो पोखे– 'ढिलो भए पनि घोषणा भएको चुनावमा परिवर्तनकारी शक्तिहरु एक भएर अघि बढ्नुपर्छ।'
जेठ २३ गते स्वतन्त्र विद्यार्थी युनियन चुनाव स्थगित गराएका विद्यार्थी नेताहरू केही उत्साहसहित चुनाव मिति घोषणामा धारणा राखेका छन्। विद्यार्थी नेताले चुनाव स्थगित गराएको स्मरण गरेका छैनन्।
एकीकृत माओवादी वैकल्पिक सदस्य हिमाल शर्माले पार्टी बैठकको निर्णय सार्वजनिक गर्न भ्याए। चुनावबारे पार्टीले शुक्रबार गरेको निर्णय फोटोसहित उनले वालमा राखे। 'पार्टी केन्द्रको बैठकले संविधानसभाको दोस्रो चुनावका लागि कमरेड प्रचण्डको नेतृत्वमा ६५ सदस्यीय निर्वाचन केन्द्रीय परिचालन समिति निर्माण गरेको छ। जसमध्ये मलाई एउटा सदस्यको जिम्मेवारी आइपर्‍यो।'

अखिलका केन्द्रीय संयोजक माधव ढुंगेलले फेसबुक वालमा भनेका छन्, 'खिलराज रेग्मी सरकारले मंसिर ४, २०७० मा चुनावको घोषणा गर्‍यो, वैद्य माओवादीसहितको साना दलहरुले विरोध गरिरहेका बेला घोषणा भएको निर्वाचनमा २ सय ४० निर्वाचन क्षेत्र हुने जनाइएको छ। सबै दललाई निर्वाचनमा लान सक्नुपर्छ। निर्वाचनको विकल्प छैन।'

एमाले सचिव पोखरेलले फेसबुकमा थे्रसहोल्ड हटाइएकोमा असन्तुष्टि जनाए :
दल खोल्नेको
ताँतीझैं कमिलाको
थ्रेसहोल्ड खै?
उनले चुनाव नहोला कि भनेर सचेत पनि गराएका छन् :
बाबुराम झैं
बाचा खिलराजको
नहोस् है हिस्स।