Wednesday 10 Mangshir, 2071 |
Menu

प्रविधि

एप्पल अझै नम्बर वन

Ad MyNepal Nagarik
(0 votes)
एप्पल अझै नम्बर वन
न्युयोर्क- सन् २०१३ को ब्रान्ड रिपोर्टमा अझै पनि एप्पल कम्पनी विश्वको सबैभन्दा बहुमूल्य ब्रान्ड बन्न सफल भएको छ। आइफोन, आइप्याड र आइपड जस्ता इलेक्ट्रोनिक ग्याजेट निर्माता कम्पनी एप्पलको ब्रान्ड भ्याल्यु १८५ बिलियन रहेको छ। गत वर्षभन्दा यो २ बिलियनले बढी हो।
दोस्रो नम्बरमा गुगल रहेको छ। यसको ब्रान्ड भ्याल्यु एप्पलभन्दा ७२ बिलियनले कम छ। त्यसैगरी तेस्रो नम्बरमा पनि टेक्नोलोजीकै कम्पनी रहेको छ। यो स्थान ओगट्न सफल कम्पनी आईबीएम हो। गुगल। आईबीएमको दूरी भने एक बिलियन मात्रै छ।

चौथो नम्बरमा फास्ट फुड कम्पनी म्याकडोनाल्ड छ भने पाँचौँमा सफ्ट ड्रिङ्क कम्पनी कोकाकोला रहेको छ। छैटौँमा टेलिकम कम्पनी एटिएन्डटी रहेको छ। सातौँ नम्बरमा भने माइक्रोसफ्ट कम्पनी रहेको छ।

एप्पलको प्रतिस्पर्धी सामसुङ भने धेरै पछाडि ३० नम्बरमा रहेको छ। सामसुङ भन्दा एक अंकले पछाडि फेसबुक रहेको छ।