Thursday 11 Baishak, 2071 |
Menu

प्रविधि

टेलिकमको इन्टरनेटको भाउ घट्यो, वाइम्याक्समा पनि अनलिमिटेड प्याकेज

(1 Vote)
टेलिकमको इन्टरनेटको भाउ घट्यो, वाइम्याक्समा पनि अनलिमिटेड प्याकेज
काठमाडौँ- नेपाल टेलिकमले इन्टरनेटका लागि उपयोग हुने परम्परागत सेवा डायल अपदेखि पछिल्लो वाइम्याक्ससम्मका सेवामा शुल्क कटौती र छुटको व्यवस्था गरेको छ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा जेठ ३ गतेदेखि लागू हुने गरी महसूल दर परिमार्जन गरिएको टेलिकमले जनाएको छ।


टेलिकमले वाइम्याक्सतर्फ अनलिमिटेड प्याकेजको घोषणा गरेको छ। यसअघि वाइम्याक्स भोल्युम बेस्डमात्र उपलब्ध थियो। नवघोषित प्याकेज अनुसार २५६ केबीपीएस गतिको इन्टरनेटको मासिक शुल्क रु १५ सय रहेको छ। त्यसमा पनि पहिलो तीन महिनाका लागि ३०% छुट दिइनेछ। २ एमबीपीएसको अनलिमिटेड प्याकेजका लागि ९ हजार ३ सय रुपियाँ पर्नेछ। यद्यपि यो गतिको इन्टरनेट हाललाई शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्ध सरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगहरुलाई मात्र प्रदान गरिने टेलिकमले जनाएको छ।

एडिएसएल तथा वाइम्याक्समा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज ग्राहकले एकमुष्ट न्युनतम तीन महिना वा सोभन्दा बढी अवधिको लागि खरिद गरेमा कूल तीन महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराइनेछ।

टेलिकमका अनुसार डायल अप सेवातर्फ अनलिमिटेड प्याकेजको प्रति महिना शुल्क २ सय रुपियाँ र नाइट सर्फिङको प्रति महिना शुल्क सय रुपियाँ रहनेछ।

मोबाइल इन्टरनेट पनि सस्तो

मोबाइल इन्टरनेटतर्फ इभिडियो/पीडीएसन सेवाको हालको महसूल दर प्रति १०० केबीको १० पैसालाई परिमार्जन गरी प्रति एमबी ५० पैसा कायम गरिएको छ। थ्रीजी र जीपीआरएस सेवामा पनि यही महसूल दर लागू गरिने तर लागू हुने मिति पछि घोषणा गरिने टेलिकमले जनाएको छ।

थ्रीजी र इभिडियो सेवाका लागि पनि भोल्युम बेस्ड प्याकेज लागू गरिएको छ। ग्राहकले यो प्याकेज एकमुष्ट ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, छ महिनाका लागि खरिद गर्दा १५ प्रतिशत तथा एक वर्षको लागि खरिद गर्दा २५ प्रतिशत छुट प्रदान गरिनेछ। यी प्याकेजहरुको आन्तरिक तयारी भइरहेकोले लागू हुने मिति पछि प्रकाशित गरिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार निम्न डाटा भोल्युमको शुल्क र अवधि यस प्रकार हरनेछ

२५ एमबी- ११ रुपियाँ- १ दिन

३०० एमबी-१३० रुपियाँ- १५ दिन

५०० एमबी-२०० रुपियाँ- १ महिना

२ जीबी-७६० रुपियाँ- १ महिना

५ जीबी-१७०० रुपियाँ- १ महिना

१० जीबी-२४०० रुपियाँ- १ महिना

माथिका शुल्क करबाहेक रहेको टेलिकमले जनाएको छ। 

एटिएमबाट चोरी रोक्न प्रविधि

एटिएमबाट चोरी रोक्न प्रविधि

काठमाडौं - तपाईले कमाएको पैसा बैंकमा जम्मा छ र जोखिमको कारण नगद प्रयोग नगरी एटिएम वा एसटिसी कार्ड प्रयोग गर्नुभएको छ भने त्यो कार्ड पनि पर्समा रहुञ्जेल सुरक्षित हुन्छ जब...

अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

Our website is protected by DMC Firewall!