17 Magh, 2071 |
Menu

खेल

HUB

७ खेलाडीलाई १५ दिने प्रतिबन्ध

(0 votes)
काठमाडौं – अखिल नेपाल टेबलटेनिस संघले अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटमा सहभागी नभएका कारण ७ खेलाडीलाई १५ दिने प्रतिबन्ध लगाएको छ। राष्ट्रिय खेलाडी एपिएफ क्लबका पुरुषोत्तम वज्राचार्य, नेपाल पुलिसका अजय सुवाल, अमरलाल मल्ल, नविता श्रेष्ठ, रविना देशार, एलिना महर्जन र एकिना महर्जनलाई संघले प्रतिबन्ध लगाएको हो। उनीहरूले दक्षिण कोरियाको बुसानमा जुन ३० देखि जुलाई ७ सम्म सम्पन्न २१औं एसियाली टेबलटेनिस च्याम्पियनसिपका लागि गरिएको छनोट प्रतियोगितामा भाग लिएका थिएनन्।
संघले बिनाकारण अनुपस्थित भएको भन्दै खेलाडीहरूसँग स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण तर्कसंगत नभएको भन्दै संघले खेलाडीमाथि प्रतिबन्ध लगाएको हो। प्रतिबन्धअनुसार उनीहरूले साउन २३ सम्म संघका कुनै पनि कार्यक्रममा सहभागिता जनाउन नपाउने संघले विज्ञप्तिमार्फत जनाएको छ। खेलाडीलाई कारबाही गरेको अवधिसम्म संघको कुनै कार्यक्रम भने छैन। 
संघका अध्यक्ष चतुरानन्द वैद्यले खेलाडीलाई अनुशासन मिचेमा कारबाही हुन्छ भन्ने सन्देश दिन मात्र यस्तो निर्णय गरिएको बताए। 'खेलाडीले युवा जोशमा आक्रामक भएर प्रतियोगिता खेलेनन्। तर उनीहरू सबै राष्ट्रिय खेलाडी हुन्। खेलाउनै पर्छ। त्यही भएर हामीले मिलाएर कारबाहीलाई एउटा नजिरमा स्थापित गर्न यस्तो निर्णय लिएका हौं,' उनले भने। 
कारबाहीमा परेका खेलाडीले डेढ वर्षअघि धनगढीको छैटौं राष्ट्रिय खेलकुद नतिजालाई आधार मानेर कोरियामा सहभागिता गराउनुपर्ने माग गर्दै छनोट बहिष्कार गरेका थिए। 'पहिला हाम्रो चलन त्यस्तै थियो। पछिल्लो राष्ट्रिय प्रतियोगिताको नतिजा आधारमा खेलाडी छान्ने गरेका थियौं। तर, यसपालि संघले नयाँ कार्यक्रम ल्याएर छनोट प्रतियोगिता गरेपछि त्यसमा भाग लिनैपर्छ,' वैद्यले भने। 
छनोटमा सहभागीमध्ये महिला र पुरुषमा शीर्ष ५–५ खेलाडी एसियाली च्याम्पियनसिपमा सहभागी गराइएको थियो।
पुबुदु र प्रफुल्ल सम्मानित

पुबुदु र प्रफुल्ल सम्मानित

धनगढी- नेपाली क्रिकेटका दुई हस्ती पुबुदु दासानायके र प्रफुल्ल वैद्य शुक्रबार सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बाट सम्मानित भएका छन्। दी होटल डिभोटी कपको चौथो संस्करणको उद्घाटनका अवसरमा सिंचाइमन्त्री एनपी साउदले राष्ट्रिय...

माइभ्याली गोल्डकप सुरु

माइभ्याली गोल्डकप सुरु

इलाम-तीन लाख पुरस्कार राशीको टुवर्ग माइभ्याली गोल्डकप प्रतियोगिता बिहीबार इलाममा सुरु भएको छ। अखिल नेपाल फुटवल संघ (एन्फा) कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भयो।...

ब्लाटरका प्रतिद्वन्द्वी फिगो

ब्लाटरका प्रतिद्वन्द्वी फिगो

लन्डन- पार्चुगल र रियाल मड्रिडका पूर्वविंगर लुइस फिगोले बुधबार सेप ब्लाटरविरुद्ध फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘संरचनामा सुधार आवश्यक’

‘संरचनामा सुधार आवश्यक’

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन–२ मा सोमबार फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। नामिबियामा सम्पन्न प्रतियोगिताको चौथो स्थानमा रहँदै नेपाल डिभिजन २ मा यथावत रहेको थियो।...

नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

काठमाडौं-नामिबियाबाट उपाधि जितेर फर्कने लक्ष्यसाथ नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष तयारी गर्न बुधबार दक्षिण अफ्रिकातिर लागेको छ। जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को...

जागिरसँगै डिभिजन २ को साइत

जागिरसँगै डिभिजन २ को साइत

काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई दक्षिण अफ्रिका जानु अघिल्लो दिन मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका १४ सहित २२ खेलाडीसँग करार अनुबन्धन गरेको छ। राष्ट्रिय...

छ खेलाडीलाई छात्रवृत्ति

छ खेलाडीलाई छात्रवृत्ति

काठमाडौं- अर्को बर्ष ब्राजिलमा हुने ३२औं गृष्मकालिन ओलम्पिक खेलकुदका लागि ६ नेपाली खेलाडीले विशेष प्रशिक्षण लागि छात्रवृत्ति पाएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा एथलेटिक्सकी संगीता...

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ को विशेष तयारीका लागि दक्षिण अफ्रिका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको योजना भिसा समस्याका कारण पछि सरेको छ। जनवरी १७ देखि २४ सम्म अफ्रिकी मुलुक...