Tuesday 13 Shrawn, 2071 |
Menu

खेल

लिसिस्की र बार्टोली फाइनलमा

  • शुक्रबार २१ असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
लिसिस्की र बार्टोली फाइनलमा
लन्डन – मारियोन बार्टोलीले हिजो क्रिस्टेन फ्लिपकेन्सलाई सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको फाइनल तय गरेकी छन्। १५औं वरियताकी फ्रान्सेली बार्टोलीले २०औं वरियताप्राप्त बेल्जियन प्रतिद्वन्द्वीलाई ६–१, ६–२ को नतिजामा हराइन्। बार्टोली खेलअघि आधा घन्टा लकर रुममा सुतेपछि कोर्ट प्रवेश गरेकी थिइन। स्थानीय समयअनुसार दिउँसो १ बजे सेन्टर कोर्टमा सुरु हुने खेलका लागि उनी १२ देखि साढे १२ बजेसम्म सुतेकी थिइन्।
'फिजियोलाई सोध्नुस म आधा घन्टा सुतेकी थिएँ,' खेलअघिको आरामले आफूलाई पुनर्ताजगी दिएको जितपछि उनले सुनाइन्, 'त्यसैले म पूरा खेलभर ताजगीका साथ प्रस्तुत हुन सकेँ।'
विम्बल्डनमा बार्टोली फाइनल पुगेको यो दोस्रोपल्ट हो। यसअघि सन् २००७ मा उनी फाइनलमा भेनस विलियम्ससँग पराजित भएकी थिइन्। 'मैले आज निकै राम्रो खेलें, जसलाई अहिले आफैले पत्याउन गाह्रो भइरहेको छ,' २८ वर्षे बार्टोलीले भनिन्, 'क्रिस्टेनले आज अपत्यारिलो पारामा राम्रो खेलिन्। आज उनी सामान्य घाइते थिइन्। विम्बल्डनको फाइनलमा त्यस्तो हुनु खेलाडीका लागि घातक हुन्छ। म उनीप्रति सम्मान दर्शाउँन चाहन्थं, त्यसैले उनीसँग अंकमाल गरें।'
एउटै सेट नगुमाई फाइनल पुगेकी बार्टोलीले आफ्नो खेलमा दिन प्रतिदिन सुधार भइरहेको बताइन्। आफूले बललाई फुटबलजस्तो ठूलो देखेको बताउँदै उनले भनिन्, 'मैले साँच्चै राम्ररी बल प्रहार गरिरहेकी थिएँ। मेरो फुटवर्क राम्रो भयो। पासिङ सट र लबहरू पनि सफल भए।'
एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।

पौडीको स्तर र गौरिका

पौडीको स्तर र गौरिका

काठमाडौं-अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो...

'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...