Friday 6 Bhadra, 2071 |
Menu

खेल

जोकोभिचको भेट डेल पोर्टोसँग

  • बिहीबार २० असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
जोकोभिचको भेट डेल पोर्टोसँग
लन्डन  – शीर्ष वरियताका नोभाक जोकोभिच लगातार चौथो वर्ष विम्बल्डन टेनिस च्याम्पियनसिपको सेमिफाइनल पुगेका छन्। बुधबार सेन्टर कोर्टमा चेक गणतन्त्रका थोमस बर्डिचलाई ७–६ (७–५), ६–४, ६–३ ले हराउँदै सर्बियाली स्टार जोकोभिचले अन्तिम चार सुरिक्षत गरे। जारी विल्बल्डनमा उनले एउटा सेट पनि गुमाएका छैनन्।
सन् २०१० का उपविजेता बर्डिचले दोस्रो सेटमा ३–० को अग्रता आफ्नै गल्तीका कारण जोगाउन सकेनन्। पूर्वविजेता जोकोभिचले फाइनल पुग्न अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोर्टोको सामना गर्नेछन्। पोर्टो स्पेनिस डेविड फेररलाई सोझो सेटमा हराउँदै अघि बढेका छन्। 
चौथो वरियताका फेररविरुद्ध डेल पोर्टो पूरा समय कोर्टमा टिक्नेप्रति शंका व्यक्त गरिएको थियो। आठौं वरियताका उनको पुरानो समस्या रहेको बायाँ घुँडाको चोट बल्झेपछि ५ मिनेट खेल रोक्नुपरेको थियो। उपचारपछि पुनः खेल सुरु भयो। पूर्व युएस च्याम्पियन २४ वर्षे पोर्टोले चोट झेल्दै खेलमा नियन्त्रण राखेका थिए। २ घन्टा १६ मिनेट चलेको खेलमा ६–२, ६–४, ७–६ (७–५) को जित हासिल गर्दै डेल पोर्टो पहिलोपल्ट विल्बल्डन सेमिफाइनल पुग्न सफल भए। 
जोकोभिचसँग १५ पटकको भेटमा सातौं वरियताका बर्डिचले २ खेल जितेका छन्। त्यसमध्ये २०१० को विल्बल्डनमा जोकोभिच उनीसँग पराजित भएका थिए। २७ वर्षे बर्डिचले पहिलो सेटमा जोकोभिचलाई निकै टक्कर दिए। तर बाँकी सेटमा उनले त्यसलाई निरन्तरता दिन सकेनन्। 
दुइटा अनावश्यक गल्ती गरेका २६ वर्षे जोकोभिचले टाइब्रेकरमा पुगेको पहिलो सेट आफ्नो पक्षमा ल्याए। दास्रो सेटमा पनि बर्डिच एकसमय ३–० ले अगाडि थिए। त्यसपछि उनले एकपछि अर्को गल्ती गरेपछि जोकोभिचले खेल ३–३ को बराबरीमा ल्याए। 
तेस्रो सेटमा पनि बर्डिचले लगतार अनावश्यक गल्ती गर्दा जोकोभिचलाई खेलमा पकड बनाउन सजिलो बन्यो। 
दुई वर्षअघि विल्बल्डन जितेका जोकोभिच सातौं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा अघि बढेका छन्। जितपछि उनी लगातार १३औं पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेका हुन्। 
'म आफ्नो प्रदर्शनबाट खुसी छु। घाँसेकोर्टमा मैले जीवनकै केही उच्च प्रदर्शन गर्न सफल भएँ,' जोकोभिचले भने, 'खेल निकै कठिन रह्यो। जे पनि हुन सक्थ्यो। उनले सुरुआती दुई सेट जित्ने सम्भावना पनि थियो। तर उनले दोस्रो सेटमा दुइटा गल्ती गरे। मलाई थाहा छैन कसरी मैले स्थिति सम्हालंे र खेल मेरो पक्षमा आयो।'
पहिलोपल्ट विम्बल्डनको सेमिफाइनल पुगेपछि डेल पोर्टोले भने, 'दोस्रोपल्ट घुँडामा चोट बोकेपछि मलाई निकै पीडा भयो। चिकित्सकले मलाई केही औषधी दिएपछि म खेल अघि बढाउन सफल भएँ। यसले साँच्चै पीडा बिर्सायो।'
डेविड फेरेरले आफूले गोलीगाँठाको चोटका कारण वार्मअप गर्न नसकेको जनाउँदै भने, 'खेलमा मेरो प्रदर्शन राम्रो रह्यो।' उनले डेल पेर्टोको तारिफ गर्दै भने, 'मेरो विचारमा चोटले उनलाई केही फरक पारेन। उनी एकदमै एकाग्र र उत्साहित थिए। उनले राम्रो सर्भिस गरे र जितका लागि हकदार पनि थिए।'
फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले...

एसिसी यु–१६ मा सिंगापुरसँग नेपालको बदला

एसिसी यु–१६ मा सिंगापुरसँग नेपालको बदला

काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार दोस्रो खेल जितेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शुक्रबार सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो।

लिभरपुलको ठूलो अपेक्षा

लिभरपुलको ठूलो अपेक्षा

लन्डन- एभर्टन एफसीका पदाधिकारीसँग विवाद भएपछि जोहन होल्डिङले सन् १८९२ मा आफ्नै अध्यक्षता र स्वामित्वमा एनफिल्ड अवस्थित जग्गामा लिभरपुल एफसीको स्थापना गरे। त्यसको एक वर्षपछि उनीहरू फुटबल लिगमा आबद्ध भए।...

युथ ओलम्पिकमा दुई खेलाडी

युथ ओलम्पिकमा दुई खेलाडी

काठमाडौं– दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली दोस्रो युथ ओलम्पिक खेलकुदमा भाग लिन मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ। साउन ३१ बाट हुने युथ ओलम्पिकमा ब्याडमिन्टनका दिपेश धामी र एथलेटिक्सकी...

धोनीको सुरक्षामा कटौती,समर्थक आक्रोसित

धोनीको सुरक्षामा कटौती,समर्थक आक्रोसित

नयाँ दिल्ली-ट्वान्टी-२० विश्वकप जितेपछि भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीको सुरक्षाको ९ जना कमान्डो खटाईएको थियो। तर अहिले भने राज्य सरकारले उनको सुरक्षामा कटौति गरेको छ।

एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य

एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य

काठमाडौं– एसिसी यु–१६ प्रिमियर क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली युवा टोली मंगलबार मलेसिया जाँदैछ। सोमबार बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक वसन्त शाहीले च्याम्पियन बन्ने लक्ष्य लिएको बताए। उनले भने, ‘नेपाल...