Wednesday 14 Shrawn, 2071 |
Menu

खेल

श्रीलंकामा ४ वर्षपछि भेटौंला

  • आइतबार ९ भाद्र, २०७०
  • ध्रुव तुलाधर
  • DISQUS_COMMENTS
(0 votes)
नानजिङ (चीन) - चीनको प्राचीन सहर नानजिङले दोस्रो युथ एसियाली खेलकुदलाई शनिबार बिदा गरेको छ। १७ वर्षमुनिका एसियाली युवाको खेलमेलामा रहेको युथ एसियालीको अर्को संस्करण श्रीलंकाले गर्दैछ।

सन् २०१७ मा श्रीलंकाको हम्बन्टोटामा तेस्रो युथ एसियाली खेलकुद हुनेछ। नानजिङ ओलम्पिक स्पोर्टस सेन्टरको १८ हजार सिट क्षमताको जिम्न्याजियममा शनिबार रातिको समापनमा चिनिया आयोजकले श्रीलंकन गेम्स कमिटीलाई एसियन युथ गेम्सको झन्डा हस्तान्तरण गरेको छ। भव्य समापनमा स्थानीय स्कुलहरुका करिब १६ हजार विद्यार्थी प्रयोग गरिएको थियो। १४–१७ वर्षका उनीहरुले सिर्जनात्मक प्रस्तुति दिए। विद्यार्थीहरुले बहुसांस्कृतिक र परम्परागत चिनियाँ शैलीका साथै अन्तर्राष्ट्रिय लोकप्रिय संगीत पस्केका थिए।
त्यस्तै अर्को वर्ष नानजिङमै हुने युथ ओलम्पिकको डे्रस रिहर्सल गरिनुका साथै तेस्रो युथ एसियनको आयोजक श्रीलंकाली टोलीले करिब ८ मिनेटको साँस्कृतिक प्रस्तुति दिएको थियो। युथ एसियनको पहिलो संस्करण सिंगापुरमा भएको हो।
एक सातासम्म एसियाका ४५ देशका झन्डै ३ हजार ५ सय खेलाडीले विभिन्न १६ खेलमा आफ्नो प्रतिभा देखाए। त्यसमा आयोजक चीन पदकतालिकामा अगाडि रह्यो। ४६ स्वर्णसहित ९३ पदक जितेर अगाडि रहँदो चीनले एथलेटिक्स र पौडीमा वर्चस्व जमाएको थियो। चिनिया खेलाडीले एथलेटिक्समा १८ र पौडीमा १६ स्वर्ण जितेका थिए भने चीनको राष्ट्रिय खेल टेबलटेनिसको दुवै स्वर्ण जितेको थियो।
२५ स्वर्णसहित ५२ पदक जितेको दक्षिण कोरिया दोस्रा्े स्थानमा रहँदा जापान तेस्रोमा रह्यो। जापानले ७ स्वर्णसहित १८ पदक जित्यो। २९ राष्ट्रले पदक जित्दा १७ मा स्वर्ण जित्नेमा थिए। दक्षिण एसियालीमा भारत र श्रीलंन खेलाडीमात्र पदकमा नाम लेखाउन सफल भए।
फुटबलको महत्वपूर्ण स्वर्ण दक्षिण कोरियाले जित्यो। कोरियाले फाइनलमा इरानलाई १–० ले हराएको थियो। कांस्यलाई भएको प्रतिस्पर्धामा उत्तर कोरियाले इराकलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्‍यो।
आइओसीबाट भारतीय ओलम्पिक संघ प्रतिबन्धमा रहेका कारण भारतीय खेलाडीले ओलम्पिक झन्डामुनि रहेर खेले। उनीहरुले ३ स्वर्ण, ४ रजत, ७ कांस्य पदक जितेका थिए। श्रीलंकालीले १ रजत र ५ कांस्य पदक जित्दै अर्को संस्करणको आयोजक बन्ने हैसियत प्रस्ट्याएको छ।
नानजिङमा नेपालले भने ६ खेलमा ११ खेलाडी उतारेको थियो। पौडी, एथलेटिक्स, जुडो, टेबलटेनिस, टेनिस र फेन्सिडमा नेपालले भाग लियो। यस युवा खेलकुद महोत्सवमा नेपाली धाविका संगीता खड्काको प्रदर्शन स्मारणयोग्य बन्न पुगेको छ। पौडीवाज शिरीष गुरुङको राष्ट्रिय कीर्तिमान कायम गरे भने जुडोकी फुपूल्हामु खत्रीको एउटा जित टोलीका लागि गर्विलो पक्ष बन्यो। टेबलटेनिसका मणिकुमार लामाले आफूलाई भविष्यको स्टारमा रहने छनक दिएका छन्। नयाँ खेलका रुपमा रहेको फेन्सिङका नितेश पौडेल दोस्रो चरणसम्म पुगे।
पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै स्मरणीय बनाउने क्रममा संगीताले आफूले भाग लिएका दुवै इभेन्टमा उच्च प्रदर्शन गरिन्। उनले १५ सय र ३ हजार मिटर दौडमा व्यक्तिगत उच्च प्रदर्शन गरिन्। चोटका बावजुद ३ हजार मिटर दौड पूरा गर्दा नै कीर्तिमान बनेको थियो। बिहिबार संगीताले ११ मिनेट ०३.०९ सेकेन्डमा ३ हजार मिटर दौड पुरा गदै जुनियर तर्फ राष्ट्रिय किर्तिमान राखेकी थिइन्। त्यसअघि ३ हजार मिटर दौडमा निर्मला भारतीले २०५० सालमा पोखरामा भएको राष्ट्रिय विद्यालयस्तरको प्रतियोगितामा ११ मिनेट ११ सेकेन्ड ११.०२ पल्सको राष्ट्रिय किर्तिमान राखेकी थिईन। ३ हजार मिटरको सिनियर तर्फ राजकुमारी पाण्डेले १९९० मा बेइजिङमा भएको एशियन खेलकुदमा ९ मिनेट ४८ सेकेन्ड १४ पल्सको दौड पुरा गदै राष्ट्रिय किर्तिमान बनाईएकी थिईन्।  

उद्घाटनमा नेपाली राष्ट्रिय टोलीको झन्डा बोक्नेमा टेनिसका खेलाडी रहे। उद्घाटनको मार्चपासमा असलेशा लिसानोभिच र समापनमा अभिषेक बास्तोलाले नेपालको झन्डा बोकेका थिए। प्रतिस्पर्धातर्फ भने दुवै टेनिसको खेलाडीले गतिलो खेल पस्कन सकेनन्।
समापनको मार्चपासमा नेपाली खेलाडीमा अभिषेक मात्र थिए। अरु फर्किसकेका छन्। नेपाली टोलीमा सेभ द मिसन चतुरानन्द वैद्य, हेड क्वार्टर अफिसर सुजनलाल श्रेष्ठ र टेनिसका प्रशिक्षक कृष्णराज घले थिए।
एसियाली खेलकुद युथकै ओलम्पिक तयारीका रुपमा आयोजना हुँदै आएको छ। जसले गर्दा नानजिङले युथको आयोजनासँग सफल पारेको छ। झन्डै १५ हजार स्वयम्सेवक युवा परिचालन गरिएको थियो। सबै क्षेत्रमा उनीहरु संलग्न रहे। स्टेडियममा होस् या भिभिआइपी सुरक्षा वा आतिथ्यता सबै उनीहरुको जिम्मामा थियो। आयोजक नानजिङ गेम्स कमिटीका अनुसार चिनियाँ युवालाई एक्सपोजर दिने रणनीतिअनुरुप सम्पूर्ण काममा उनीहरुलाई नै संलग्न गराइएको हो।
एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।

पौडीको स्तर र गौरिका

पौडीको स्तर र गौरिका

काठमाडौं-अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो...

'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...