Monday 18 Falgun, 2071 |
Menu

खेल

HUB

योजनामा ३१ खेलमात्र

(0 votes)
काठमाडौं - डेढ सयको हाराहारीमा फरक खेलका संघ दर्ता गरेको राष्ट्रिय खेलकुद परिषद्ले सोमबार विकास योजना सार्वजनिक गर्दा ३१ खेललाई मात्र सम्बोधन गरेको छ।

संघले सबै ७५ जिल्लामा सञ्चालन गर्ने भन्दै ४ खेल छानेको छ भने ४० जिल्लामा गर्न  सकिने ७, २५ जिल्लामा गर्न सकिने ७, १० जिल्लामा गर्न सकिने १० तथा त्योभन्दा कम जिल्लामा गर्न सकिने भन्दै ३ खेल छानेको छ। परिषद् सदस्यसचिव एवम् प्राविधिक कार्यकारी बोर्डका अध्यक्ष युवराज लामाले सबै ७५ जिल्लामा गरिएको सर्वेक्षण प्रतिवेदनका आधारमा ३१ खेल पहिचान भएको बताए।
'हामीले बृहत सर्भे गर्दा आएको फाइन्डिङअनुसार खेलको जिल्लागत पहिचान गरेका हौं,' लामाले सोमबार पत्रकार सम्मेलनमा भने, 'अब त्यहीअनुसार प्रशिक्षक परिचालन तथा प्रतियोगिताहरू आयोजना हुनेछन्।'
विगतमा यस्तो पहिचान नहुँदा धेरैपल्ट परिषद् झुक्किएको उनको भनाइ थियो। 'छैटौं राष्ट्रिय खेलकुदमै हामीलाई नराम्ररी झुक्काइएछ। कतिपय जिल्लामा हुँदै नभएका खेलमा पनि सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व भएछन्,' लामाले स्वीकारे, 'यसैगरी खेलै नभएको जिल्लामा प्रशिक्षक खटिने तथा बजेट विनियोजन पनि भएका छन्। अब त्यस्तो हुँदैन।'
सोमबार सार्वजनिक गरिएको विकास योजनाअनुसार परिषद्ले भलिबल, एथलेटिक्स, कराते र तेक्वान्दो सबै जिल्लामा गर्ने खेलमा समेटिएको छ। यसैगरी ४० जिल्लामा गर्न सकिने खेलमा उसु, फुटबल, टेबलटेनिस, ब्याडमिन्टन, कबड्डी, बुद्धिचाल र क्रिकेट छन्। २५ जिल्लामा गर्न सकिने भनेर कुस्ती, भारोत्तोलन, जुडो, बास्केटबल, ह्यान्डबल, शारीरिक सुगठन र बक्सिङ समेटिएको छ। १० जिल्लामा गर्न सकिने खेलमा परिषद्ले आर्चरी, सुटिङ, हकी, पौडी, लन टेनिस, सफ्ट टेनिस, जिम्न्यास्टिक, स्नुकर एन्ड बिलियार्ड, ट्रायथोलन र साइक्लिङ छन्। १० भन्दा कम जिल्लामा गर्न सकिने भनेर परिषद्ले गल्फ, इक्वेस्टेरियन (घोडचढी) र स्क्वास समेटेको छ।
सदस्यसचिव लामाले भौतिक पूर्वाधार, खेलको प्रकृति, सम्भावना तथा हाल विद्यमान अवस्थाका आधारमा अध्ययन गरी खेलको जिल्लागत पहिचान गरिएको प्रतिक्रिया दिए।

स्वयम्सेवीलाई परिचय
स्वयम्सेवी प्रशिक्षकलाई परिचयपत्र वितरण सुरु गरेको लामाले जानकारी गराएका छन्। उनले विभिन्न खेलमा स्वतस्फूर्त रूपमा प्रशिक्षण गराइरहेका देशभरका प्रशिक्षकलाई परिचयपत्र वितरण गरिने बताए। उनका अनुसार त्यसका लागि परिषद्ले राखेको आधार पुग्नुपर्नेछ। उनीहरूले तलबबाहेक अन्य सुविधा पाउने छन्।

राष्ट्रिय टिम तयारी नियमावली
परिषद्ले गतसाता निर्माण गरेको १२ बूँदे राष्ट्रिय टिम तयारी नियमावली सोमबार सार्वजनिक गरेको छ। स्वास्थ्य परीक्षण, शारीरिक परीक्षण, मानसिक तथा मनोवैज्ञानिक व्यवस्थापन तालिम, पोषण, खेलमनोविज्ञान, जीवयान्त्रिक विज्ञानका सिद्धान्त तथा विश्लेषण, खेल नेतृत्व विकास तालिम, आन्तरिक तथा बाह्य तालिम एवम् सहभागिता, प्राथमिक उपचार तथा मसाज, प्राविधिक नियमसम्बन्धी ज्ञान, नियमित मूल्यांकनको अनिवार्य व्यवस्था गरिएको नियमावली सबै खेलमा बाध्यकारी हुने परिषद्ले जानकारी गराएको छ।
सदस्यसचिव लामाले राष्ट्रिय टोली तयारीक्रम बाध्यात्मक रूपमा सबै खेलले नियमावली लागू गर्नुपर्ने बताउँदै त्यसो नगर्नेलाई सहयोग नगर्ने निर्णय भएको जनाए। सबै खेलमा नियमावली अक्षरस लागू गर्दै सिनियर र जुनियर गरी दुई राष्ट्रिय टोली हुनैपर्ने बाध्यात्मक प्रावधान सुनाउँदै उनले भने, 'यो सबै प्रक्रिया पूरा गरेमा मात्र अन्तर्राष्ट्रिय सहभागिता जनाउन राज्यको तर्फबाट अनुमति पाइन्छ। अन्यथा त्यो राज्यको नजरबाट आधिकारिक हँुदैन।'

तयारीलाई २ करोड बढी
राष्ट्रिय टोलीलाई परिषद्ले ६ महिनापछि बन्द प्रशिक्षण सिविरमा राख्ने भएको छ। परिषद्बाट जारी गरिएको नियमावलीअनुसार सबै संघले तत्काल तयारी सुरु गर्ने र ६ महिनापछि राष्ट्रिय टोली छनोट प्रतियोगिता गरेर बन्द प्रशिक्षण सिविरमा राख्ने सदस्यसचिव लामाले जानकारी गराए। सरकारले यो वर्ष राष्ट्रिय टोली तयारीका लागि २ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
हाल १० खेल कराते, एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, बक्सिङ, जुडो, तेक्वान्दो, क्रिकेट, भारोत्तोलन र उसुले खेलाडी छनोट गरी राष्ट्रिय टोली बनाएको छ।
राष्ट्रिय टिम तयारी समितिका निर्देशक हरिहर श्रेष्ठले राष्ट्रिय टिम तयारीसम्बन्धी १२ बूँदे कार्यक्रम लागू हुनु खेलकुद प्राविधिक पक्षका लागि ठूलो उपलब्धि भएको बताए। उनले भने, 'हाम्रा टे्रनिङहरू विज्ञानसम्मत थिएनन्। ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जानु केही महिनाअघि बन्द प्रशिक्षण सुरु हुन्थ्यो। अब १२ बूँदेमा टेकेर प्रशिक्षण चल्दा खेलाडीको क्षमताबारे प्रतिस्पर्धा नै कुरिरहनुपर्दैन। पहिल्यै उसले दिनसक्ने नतिजा थाहा पाउन सक्छौं।'

आधिकारिक खेलमात्र पहिचानमा
सदस्यसचिव लामाले एसियाली खेलकुदमा समावेश गरिएका र अन्तर्राष्ट्रिय रूपमा आधिकारिक गतिविधि हुने खेल मात्र जिल्लागत पहिचानमा समेटेको तर्क गरे। परिषदले नै दर्ता गरेका सय हाराहारीका खेललाई सम्बोधन नगरिएकोबारे उनको उत्तर थियो, 'अनफिसियल खेलबारे हामीले अहिले डाटा निकालेको छैन। आइटिएफजस्तो धेरै जिल्लामा विस्तार भएको अफिसियल खेल पनि छुटेको छ। त्यो कमजोरी हो। केही अन्य अफिसियल खेल छुटेका छन्। तर तिनीहरू केन्द्रिकृत छन्। त्यही भएर हामीले सम्बोधन नगरेका हौं।'
दर्ता भएका धेरै खेल करातेमै समेटिने तर्क गर्दै लामाले बाँकी खेल क्रमिक रूपमा सम्बोधन गर्दै जाने बताए।

खारेजी प्रक्रिया सुरु
परिषद्मा दर्ता भएर वार्षिक रूपमा राष्ट्रिय प्रतियोगिता र साधारण सभा नगर्ने, आर्थिक पारदर्शिता नभएका तथा विधानसम्मत नचलेका संघ खारेजीको प्रक्रिया सुरु भएको सदस्यसचिव लामाले बताए। दर्जनौं खेलका नाममा दर्ता भएका संघ निस्त्रि्कय रहेको दाबी गर्दै लामाले भने, 'झोलामा सीमित संघहरू अब खारेज हुन्छन्।'
परिषदले शुक्रबार उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा संघसंस्था अनुगमन निरीक्षण समिति गठन गरेर काम नगर्नेलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको उनले बताए। समितिका संयोजक तिम्सिनाले पनि मंगलबारबाटै काम थाल्ने र काम नगर्नेलाई खारेजीको सिफारिस गर्ने बताए। उनले भने, 'समितिले आर्थिक रुपमा अपारदर्शी देखिएका, विधानसम्मत नचलेका, वार्षिक  प्रतियोगिता तथा साधारणसभा नगरेका संघ खारेज गर्न सिफारिस गरिनेछ।'
कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

क्यानबेरा– क्रिस गेलले विश्वकपमा कीर्तिमानी २ सय १५ रन जोडेपछि मंगलबार वेस्ट इन्डिजले जिम्बावेमाथि ७३ रनको पाएको छ। पहिलो खेलमा आइसिसीको एसोसिएट्स टोली आयरल्यान्डसँग ४ विकेटले स्तब्ध वेस्ट इन्डिजले तत्काल...

क्रिस गेल विद्रोही ब्याट्सम्यान

क्रिस गेल विद्रोही ब्याट्सम्यान

सिड्नी– धेरै कारणले गर्दा उनी एक विद्रोही हुन्, वेस्ट इन्डिजका क्रिकेट अधिकारीसँग उनको टसल त्यत्तिकै छ। तर तमाम विद्रोहीपनाका बाबजुद क्रिस गेल क्रिकेटका सुपरस्टार हुन् भन्नेमा कसैले अस्वीकार गर्न सक्दैन।...

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय टोलीले मैदानभित्र दिनानुदिन सफलताका नयाँ सिढी चढिरहेका बेला नेपालको क्रिकेट प्रशासन भने बिवादको दलदलमा थप जाकिँदै गएको छ। सरकारबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम...

तेन्दुल्करविनाको भारत

तेन्दुल्करविनाको भारत

नयाँ दिल्ली– तेइस वर्षयता पहिलो पटक भारतीय क्रिकेट टोलीमा ब्याटिङ सुपर स्टार सचिन तेन्दुल्कर छैनन्।  करिब दुई वर्षअघि तेन्दुल्करले क्रिकेटबाट सन्यास लिएपछि त्यसको प्रत्यक्ष फाइदा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पुग्ने अनुमान...

नेपालगन्जको क्रिकेट संकट

नेपालगन्जको क्रिकेट संकट

काठमाडौं-नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय टोलीबाट महत्व‍पूर्ण उपलब्धी बटुलेका छन्। घरेलु क्रिकेटमा विशेष योगदान...

एसपिए कपमा लम्कँदै पेन्टागन

एसपिए कपमा लम्कँदै पेन्टागन

धनगढी-राष्ट्रिय खेलाडीले भरिपूर्ण काठमाडौंको पेन्टागन कलेजले मंगलबार कञ्चनपुरको सनराइज उच्चमाविमाथि १६ रनले हराउँदै होटल डिभोटी एसपिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलपक्का गरेको छ। टस हारेर ब्याटिङ गर्न आएको पेन्टागनबाट राष्ट्रिय खेलाडीद्वय...

अस्ट्रेलियाले उपाधि उचालेको एसियन कपका केहि झलक

अस्ट्रेलियाले उपाधि उचालेको एसियन कपका केहि झलक

सिड्नी– वैकल्पिक खेलाडी जेम्स ट्रोसीले दक्षिण कोरियाविरुद्ध अतिरिक्त समयमा आकर्षक गोल गरी आयोजक राष्ट्र अस्ट्रेलियाले एसियन कप फुटबलको ट्रफी उचालेको छ। अस्ट्रेलियाले ५५ वर्षयता ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।

पुबुदु र प्रफुल्ल सम्मानित

पुबुदु र प्रफुल्ल सम्मानित

धनगढी- नेपाली क्रिकेटका दुई हस्ती पुबुदु दासानायके र प्रफुल्ल वैद्य शुक्रबार सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बाट सम्मानित भएका छन्। दी होटल डिभोटी कपको चौथो संस्करणको उद्घाटनका अवसरमा सिंचाइमन्त्री एनपी साउदले राष्ट्रिय...