Friday 12 Baishak, 2071 |
Menu

खेल

दौड, साइक्लिङ र र्‍याफ्टिङ एकैपटक

(0 votes)
काठमाडौं – नेपालमा पहिलोपल्ट टान अन्तर्राष्ट्रिय इको च्यालेन्ज प्रतियोगिता भदौ १ मा हुने भएको छ। टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले गर्न लागेको इको च्यालेन्जमा साइक्लिङ, र्‍याफ्टिङ र दौड समावेश गरिएको छ।
विजेता टोलीले १ लाख, उपविजेताले ५० हजार र तेस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। खेलकुदसँग जोडेर नेपालमा सबै सिजनमा पर्यटक भित्र्याउने उद्देश्यसहित इको च्यालेन्ज गर्न लागिएको आयोजक टानका अध्यक्ष महेन्द्रसिंह थापाले सोमबार पत्रकार सम्मेलनमा बताए। उनले भने, 'खेलकुदसँग जोडिएर पर्यटन विकास गर्न खोज्दैछौं। यहाँ साहसिक खेलकुद धेरै सम्भावना छ। हरेक वर्ष व्यवस्थित रूपले इको च्यालेन्ज गर्न सके यसले पयर्टक संख्या बढाउन मद्धत गर्नेछ।'
पहिलो वर्ष भएकाले धेरै विदेशी सहभागीको अपेक्षा नगरिएको उनले बताए। सहभागी हुने टोलीमा एक व्यवस्थापकसहित पाँच जना रहने छन्। सहभागी हुने खेलाडीको उमेर १८ वर्षभन्दा माथि  हुनुपर्ने आयोजकको नियम छ।  
टोलीका सबै सदस्यले दौड र साइक्लिङ पूरा गरेपछि मात्र र्‍याफ्टिङ गर्न पाउने छन्। त्यसपछि नतिजा घोषणा गरिने अध्यक्ष थापाले बताए।
६.५ किलोमिटर दौड टोखाको भूतखेल चौरदेखि बुढानीलकण्ठ पानीमुहानमा पुगेर सकिने छ। त्यसपछि नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको पानीमुहानदेखि सुन्दरीजलसम्म १४.५ किलोमिटर साइक्लिङको दूरी रहनेछ। ७.५ किलोमिटर दूरी राखिएको र्‍याफटिङ सुन्दरीजलबाट सुरु भई गोकर्ण खण्डमा समापन गरिनेछ।
च्यालेन्जमा एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले दौड, रञ्जन राजभण्डारीले साइक्लिङ र नानीकाजी थापाले र्‍याफ्िटङको प्राविधिक व्यवस्थापनको जिम्मेवारी लिएका छन्।
प्रतियोगितामा विदेशी टोलीले १ सय डलर र नेपालीले २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने संयोजक सरोज न्यौपानले बताए। प्रतियोगितामा भाग लिन सेना, सशस्त्र प्रहरी र नेपाल पुलिसलाई आमन्त्रण गरिएको आयोजकले बतायो।
टिम नेपाललाई नागरिक नायक सम्मान

टिम नेपाललाई नागरिक नायक सम्मान

काठमाडौं- मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले क्रिकेटमा झैं सामूहिक कार्यको भावनाअनुरूप काम गरे छोटो समयमै संविधान जारी गर्न सकिने बताएका छन्। 

एसियाली आइटिएफमा चार कांस्य

एसियाली आइटिएफमा चार कांस्य

काठमाडौं– सातौं एसियाली तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा मंगलबार नेपाली खेलाडीले चार कांस्य पदक जितेका छन्। कांस्य जित्नेमा पवनकुमार तामाङ, आस्मा श्रेष्ठ, तुलसा राजथला र मुना बमजन थिए। राष्ट्रिय खेलकुद परिषदको कभर्ड...

निस्मालाई एसियाली स्वर्ण

निस्मालाई एसियाली स्वर्ण

काठमाडौं– एसियालीस्तरको आइटिएफ तेक्वान्दोमा निस्मा बस्यालले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी छन्। निस्माले सोमबार राजधानीमा जारी सातौं एसियाली आइटिएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण जितेकी हुन्। १६ वर्षमुनि पहिलोदेखि तेस्रो डानतर्फको ४०...

युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी विमल घर्तीमगरले एक गोल गर्नुका साथै अर्को गोललाई अवसर सिर्जना गरेपछि शनिबार बेल्जियन लिगको महारथी एन्डरलेकले फेनेरबाचलाई २–० ले हराउँदै यु–१६को प्रतियोगिता फ्युचर कपमा...

विमल एसी मिलानविरुद्ध उत्रिए

विमल एसी मिलानविरुद्ध उत्रिए

काठमाडौं– ट्रायलका लागि युरोप पुगेका नेपाली यु–१६ फुटबल टोलीका कप्तान विमल घर्तीमगरले शनिबार एसी मिलानको यु–१७ टोलीविरुद्ध अन्तिम ११ मिनेट खेलेका छन्। एम्सटरडममा विमलको टोली एन्डरलेट्चले फ्युचर कपमा एसी मिलानलाई...

तोरणविक्रम च्याम्पियन

तोरणविक्रम च्याम्पियन

काठमाडौं– तोरणविक्रम शाहीले शुक्रबार ७२ पारको गोकर्ण गल्फ कोर्समा २ ओभर ७४ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

विराटनगर सेमिफाइनलमा

विराटनगर सेमिफाइनलमा

काठमाडौं– ओपनिङ ब्याट्सम्यान सन्नी पुनले सानदार १ सय ४ रन बनाएपछि विराटनगर पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

विराटनगर सेमिफाइनल नजिक

विराटनगर सेमिफाइनल नजिक

काठमाडौं– लगातार तेस्रो खेल जित्दै विराटनगरले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ। 

Our website is protected by DMC Firewall!