13 Mangshir, 2071 |
Menu

खेल

'कमाउ' खेलमा दाहालपुत्र

Ad MyNepal Nagarik
(0 votes)
'कमाउ' खेलमा दाहालपुत्र
काठमाडौं - 'कुस्त आर्थिक लाभ लिन सकिने' नेपाल ओलम्पिक कमिटी छिर्ने बाटो खन्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश दाहालले मिलेमतोमा नयाँ खेल संघ गठन गरेका छन्।

नेकपा एमाले नेता केपी शर्मा ओलीका 'विश्वासपात्र' तिम्सिनाको अध्यक्षतामा गठित नेपाल मोडर्न पेन्ट्राथोलन संघमा साकार दाहाल उपाध्यक्ष छन्। माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशको वास्तविक नाम साकार हो।
नेपाल ओलम्पिक कमिटी छिर्ने ढोकाका रूपमा यसरी संघ गठन गर्ने चलन छ। ओलम्पिक कमिटी छिरेपछि विदेश शयरदेखि अमेरिकी डलरमा कुस्त भत्ता खाने सुविधा पाइन्छ। संघमार्फत देशव्यापी प्रभाव जमाउन सकिने हुँदा राजनीतिक लाभ पनि मिल्छ।

परिषदको १ सय ३५ औं संघका रूपमा असार १९ गते 'नेपाल मोडर्न पेन्ट्राथोलन संघ' गठन भए पनि सार्वजनिक गरिएको छैन।
माओवादी सिफारिसमा परिषद सदस्य–सचिव नियुक्त युवराज लामाले उपाध्यक्ष तिम्सिनाको अध्यक्षतामा मोडर्न पेन्ट्राथोलन संघ दर्ता भएको स्विकारे पनि दाहालको संलग्नताबारे अनभिज्ञता देखाए।
'परिषदमा दर्ता भएको मोडर्न पेन्ट्राथोलन पछिल्लो संघ हो। त्यसयता कुनै संघ दर्ता भएका छैनन्। त्यहाँ दाहाल थरका एक उपाध्यक्ष भएजस्तो लागेको छ। सबैको नाम थाहा छैन। उहाँ प्रचण्डपुत्र हो कि होइन, मलाई जानकारी छैन,' लामाले सोमबार नागरिकसँग भने, 'हुन सक्छ, कसैको छोरा कुनै संघमा हुन नपाउने भन्ने छैन नि त।'
ओलम्पिक खेलकुदमा समावेश मोडर्न पेन्ट्राथोलनमा घोडचडी, एथलेटिक्स, सुटिङ, पौडी र फेन्सिङ समावेश हुन्छन्। नेपालमा मोडर्न पेन्ट्राथोलनका फेन्सिङ र घोडचडी सेनामा मात्र सीमित रहँदै आएको छ।
'परिषदमा आउने सबै नेतृत्व र राजनीतिक दलका नेता, कार्यकर्ताको ध्यान खेल विकासभन्दा ओलम्पिक छिर्ने नै हो,' स्रोतले भन्यो, 'नेपालमा ओलम्पिक विवाद हुनुको मुख्य कारण त्यही हो। अहिले उपाध्यक्षले प्रचण्डपुत्रसँग मिलेर गर्न लागेको त्यही हो।'
परिषद्का सदस्य–सचिव लामाले पनि आफैं अध्यक्ष भएर ओलम्पिकसँग आबद्ध नेपाल घोडचडी संघ खोलेर परिषदमा दर्ता गराएका थिए। त्यसअघि नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले परिषदमा सदस्य–सचिव हुँदा आफ्नै अध्यक्षतामा नेपालमा कतै नखेलिने स्की संघ गठन गरेर ओलम्पिक छिरेका थिए।
संघका अर्का उपाध्यक्षमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलबी सावाँ लिम्बु छन् भने टाइम्स कलेजका प्रधानाध्यापक रामहरि सिलवाल महासचिव छन्।
यसैगरी, परिषदकै सदस्य नारायण पौडेल सचिव, व्यवसायी मोहन डाँगी कोषाध्यक्ष तथा सदस्यमा केशव भट्टराई, निशेष चापागाईं र बुद्धिबहादुर कटुवाल रहेको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट एक/एक प्रतिनिधिलाई उपाध्यक्षमा तथा विभिन्न क्षेत्रका अन्य पाँचलाई सदस्यमा मनोनयन गर्न तिम्सिना र दाहाल लागिपरेका छन्। फ्रान्सको मोनाकोमा रहेको अन्तर्राष्ट्रिय मोडर्न पेन्ट्राथोलन महासंघबाट सम्बन्धनका लागि पत्राचार सुरु भइसकेको स्रोतको दाबी छ।
घाइते क्रिकेटर फिलिप ह्युजको निधन

घाइते क्रिकेटर फिलिप ह्युजको निधन

सिड्नी- खेलका दौरान टाउकोमा चोट लागेका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको निधन भएको छ। अष्ट्रेलिया क्रिकेट टिमका डाक्टर पिटर बुकनरले उनको निधन भएको पुष्टि गरेका छन्। उनले फ्युजको निधनप्रति दुःखित हुँदै...

मेसीको फेरि कीर्तिमान

मेसीको फेरि कीर्तिमान

पेरिस- लियोनल मेसीले ह्याटि्रक गर्दै च्याम्पियन्स लिग फुटबलमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान बनाउँदा मंगलबार बार्सिलोनाले एपोइल निकोसियामाथि ४–० को जित दर्ता गरायो भने सर्जियो अग्विरोको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले १० जनामा...

‍‍गर या मरको अवस्थामा मनाङ

‍‍गर या मरको अवस्थामा मनाङ

काठमाडौं- साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सोमबार गर या मरको अवस्थामा किंग्स कप फुटबलमा घरेलु टोली उगेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। भुटानमा हरेक वर्ष लोकप्रिय बन्दै गएको किंग्स कपमा...

क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...